काठमाडौँ। भारतको पश्चिम बंगालमा भइरहेको विधान सभा निर्वाचनलाई मध्यनजर गर्दै इलाम र झापाका अन्तराष्ट्रिय सीमा नाका ७२ घण्टाका लागि बन्द गरिएको छ । सोमबार साँझ ६ बजेदेखि बन्द गरिएका सीमा नाका मतदान प्रक्रिया नसकिएसम्म (वैशाख १०) गतेसम्म बन्द रहनेछन् ।
झापाको काकडभिट्टा पानीट्याङकी नाका र इलामको पशुपतिनगर नाकामा आवतजावत पूर्ण रूपमा रोकिएको छ । दार्जिलिङ जिल्ला प्रशासनको सूचनाका आधारमा सीमा नाका सिल गरिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ
आधिकारिक रूपमा दार्जिलिङ प्रशासनले पत्राचार नगरे पनि विगतको प्रचलनलाई आधार बनाएर बोर्डर सिल भएको जनाइको छ ।
बन्द गरिएको सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको प्रहरीले जनाएको छ ।







