काठमाडौँ। टी–२० आई सिरिज अन्तर्गत नेपालले युएईसँग दोस्रो तथा अन्तिम खेल खेल्दै छ।
५ बजे सुरु हुने खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ। कप्तान दीपेन्द्र सिंह ऐरीले टस जितेर पहिले बलिङ रोजेका हुन्।
नेपाललाई सिरिजमा बराबरी गर्न आजको खेल जित्नैपर्ने दबाब छ। यसअघि हिजो (सोमबार) भएको खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो।
यस खेलबाट अलराउन्डर सन्तोष यादवले डेब्यु गरेका छन्।
नेपालले टोलीमा व्यापक परिवर्तन गरेको छ। सन्दीप जोरा, शेर मल्ल, बसिर अहमद र अर्जुन साउदलाई विश्राम दिँदा सन्तोष यादव, आरिफ शेख, लोकेश बम र शाहब आलमलाई उतारिएको छ।







