२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सडक पूर्वाधार विस्तार :९ महिनामा ५४८ किलोमिटर कालोपत्र, ४४ अर्ब खर्च

अ+ अ-

काठमाडौँ। चालु आर्थिक वर्ष २०८२-८३ को नौ महिनाको अवधिमा देशभर नयाँ सडक कालोपत्र तथा पूर्वाधार निर्माण कार्य उल्लेख्य रूपमा अघि बढेको छ। साउनदेखि चैत मसान्तसम्मको प्रगतिअनुसार ५४८ किलोमिटर नयाँ सडक कालोपत्र गरिएको सडक विभागले जनाएको छ।

विभागीय तथ्यांक अनुसार यस अवधिमा दुई लेन सडकतर्फ ४७४ किलोमिटर र चार लेन सडकतर्फ ७४ किलोमिटर कालोपत्र सम्पन्न भएको छ। सरकारले चालु वर्षमा दुई लेन सडक ८०० किलोमिटर कालोपत्र गर्ने लक्ष्य राखेकोमा नौ महिनामै आधाभन्दा बढी प्रगति हासिल भएको देखिन्छ।

चार लेन सडकका हकमा १०९ किलोमिटर कालोपत्र गर्ने लक्ष्यमध्ये करिब दुई तिहाइ नजिक प्रगति भएको विभागको विवरणमा उल्लेख छ।

पूर्वाधार विस्तारसँगै पुल निर्माण कार्य पनि तीव्र गतिमा अघि बढेको छ। यस अवधिमा ११८ वटा नयाँ पुल निर्माण सम्पन्न भएका छन् भने चालु वर्षमा कुल १६२ वटा पुल निर्माण गर्ने लक्ष्य तय गरिएको छ। यस्तै, तीन स्थानमा बेली ब्रिज जडान गरिएको छ, जबकि वार्षिक लक्ष्य पाँच वटा रहेको छ।

सडक सुरक्षासम्बन्धी पूर्वाधारतर्फ क्र्यास बेरियर ३७ हजार १४२ मिटर जडान गरिएको छ। यसैगरी, राजमार्ग मर्मत ७१ किलोमिटर तथा स्तरोन्नति र पुनर्निर्माण ५२ किलोमिटर बराबर सम्पन्न भएको तथ्यांकमा उल्लेख छ।

रोजगारी सिर्जनाको दृष्टिले पनि विभागीय गतिविधि उल्लेखनीय देखिएको छ। नौ महिनाको अवधिमा सडक आयोजनामार्फत करिब ३ हजार ८७१ कार्यदिन बराबरको रोजगारी सिर्जना भएको छ।

आर्थिक पक्षमा हेर्दा सोही अवधिमा सडक विभागले ४४ अर्ब रुपैयाँ खर्च गरेको छ। चालु आर्थिक वर्षका लागि कुल १ खर्ब २४ अर्ब रुपैयाँ बराबरको बजेट कार्यान्वयनमा रहेको विभागले जनाएको छ।

0 Comments