२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेस प्रदेशमा बाल मृत्यु र कुपोषण उच्च, स्वास्थ्य बीमा र शिक्षामा पहुँच अझै कमजोर

अ+ अ-

महेन्द्रनगर (धनुषा) । जनकपुरधाममा आज आयोजित एक कार्यक्रमबीच राष्ट्रिय तथ्यांक कार्यालयले नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ का प्रदेशस्तरीय नतिजा सार्वजनिक गरेको छ । 

सर्वेक्षणले विशेषगरी मधेस प्रदेशमा बाल मृत्यु, कुपोषण, किशोरी प्रजनन् दर र विद्यालय बाहिर रहेका बालबालिकाको अवस्था राष्ट्रिय औसतभन्दा चिन्ताजनक रहेको देखाएको छ ।

प्रतिवेदनअनुसार मधेस प्रदेशमा नवजात शिशु मृत्युदरप्रति एक हजार जन्ममा २० र पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर ३३ रहेको छ, जुन राष्ट्रिय औसतभन्दा माथि हो । 

त्यस्तै, कुपोषणको अवस्था पनि गम्भीर देखिएको छ उमेरअनुसार तौल कम भएका (लिखुरे) बालबालिका २३.२ प्रतिशत र उचाइ कम भएका (पुड्को) ३१.१ प्रतिशत रहेका छन् ।

शिक्षा क्षेत्रमा पनि चुनौती देखिएको छ । कक्षा १–५ मा ९.२ प्रतिशत, ६–८ मा ८.२ प्रतिशत र ९–१२ मा २२.६ प्रतिशत बालबालिका विद्यालय बाहिर रहेका छन् । प्रारम्भिक बाल शिक्षा कार्यक्रममा सहभागी हुने दर पनि मधेशमा २६.३ प्रतिशत मात्र रहेको छ ।

स्वास्थ्य सेवाको पहुँचमा असमानता देखिएको छ । मधेस प्रदेशमा केवल ७०.४ प्रतिशत महिलाले सिफारिसअनुसार चार पटक पूर्वप्रसूति जाँच गराएका छन् भने स्वास्थ्य बिमा गर्नेको सङ्ख्या निकै न्यून छ महिला ६.६ प्रतिशत र पुरुष ३.९ प्रतिशत मात्र छ ।

प्रजनन् स्वास्थ्यतर्फ मधेसमा कुल प्रजनन् दर २.४ रहेको छ, जुन राष्ट्रिय औसत १.९ भन्दा बढी हो । किशोरी (१५–१९ वर्ष) प्रजनन् दर पनि उच्च (प्रति १००० मा ७१) देखिएको छ ।

यद्यपि, केही सकारात्मक पक्ष पनि देखिएका छन् । मधेसमा ९८.५ प्रतिशत घरपरिवारमा विद्युत् पहुँच पुगेको छ भने ९४.७ प्रतिशतमा टेलिफोन सुविधा उपलब्ध छ । ७८.९ प्रतिशत घरपरिवारले इन्टरनेट प्रयोग गर्ने उपकरण प्रयोग गरिरहेका छन् ।

खानेपानीतर्फ सुधारिएको स्रोत प्रयोग गर्नेको प्रतिशत उच्च (९९ प्रतिशत)भए पनि ६५ प्रतिशत पानीमा ‘इ–कोली’ जीवाणु भेटिनु चिन्ताजनक रहेको प्रतिवेदनले देखाएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले यस सर्वेक्षणबाट प्राप्त तथ्यांकले नीतिनिर्माण, योजनातर्जुमा र दिगो विकास लक्ष्यको अनुगमनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ । यो सर्वेक्षण युनिसेफ नेपालको सहयोगमा सञ्चालन गरिएको हो ।

0 Comments