२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुम्बिनी प्रदेश सभाबाट विषादी व्यवस्थापन सम्बन्धी विधेयक सर्वसम्मत पारित

अ+ अ-

काठमाडौँ। लुम्बिनी प्रदेश सभाले जीवनाशक विषादीको व्यवस्थापन तथा नियमनसम्बन्धी कानुनी प्रावधान समेटिएको विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ।

प्रदेश सभाको सातौँ अधिवेशनअन्तर्गत १५औँ बैठकले सम्बन्धित समितिको प्रतिवेदनसहित उक्त विधेयक पारित गरेको हो। कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले विधेयक पारितका लागि प्रस्ताव पेश गरेका थिए, जसलाई सभामुख तुलाराम घर्तीमगरले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मत समर्थन प्राप्त भएको हो।

बैठकमा उठेका जिज्ञासाहरूको जवाफ मन्त्री पन्थीसहित आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले दिएका थिए। यसै क्रममा प्रदेश मामिला तथा कानुन समिति सभापति दिलकुमारी बुढाले जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालनसम्बन्धी ऐन, २०७५ संशोधनका लागि तयार गरिएको विधेयकसम्बन्धी प्रतिवेदन प्रस्तुत गरिन्। सार्वजनिक लेखा समिति सभापति माया पुनले वार्षिक प्रतिवेदन पनि सभामा पेस गरिन्।

छलफलका क्रममा विभिन्न सांसदहरूले समसामयिक विषय उठाएका थिए। संघीय सरकारको प्रतिबद्धता र मूल्यवृद्धिसम्बन्धी प्रश्नदेखि लिएर बजेट निर्माण तथा कार्यान्वयनमा देखिएका समस्यासम्मका विषयमा ध्यानाकर्षण गराइएको थियो। साथै शिक्षा, राजस्व नीति, पेट्रोलियम मूल्यवृद्धि, दलित अधिकारसम्बन्धी विधेयक तथा सुरक्षा चुनौतीजस्ता मुद्दाहरू पनि उठाइएका थिए।

बैठकमा सदस्यहरूले विधेयक पारित भइसकेपछि यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने धारणा राखेका छन्। प्रदेशसभाको अर्को बैठक वैशाख १० गते बिहान साढे ११ बजे बस्ने जानकारी दिइएको छ।

0 Comments