२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेयर फोरमद्वारा स्थानीय अधिकारमा हस्तक्षेप नगर्न आग्रह, वैशाख ११ देखि भर्ना अभियान सुरु गर्ने निर्णय

अ+ अ-

काठमाडौँ। काठमाडौँ उपत्यकाभित्रका स्थानीय तहहरूको साझा मञ्च उपत्यका मेयर फोरमले विद्यालय भर्ना अभियान तथा शैक्षिक सत्र सञ्चालनसम्बन्धी आफ्नै कार्यतालिका अघि सार्दै स्थानीय सरकारको अधिकार क्षेत्रमा हस्तक्षेप नगर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ।

फोरमको बैठकले आगामी वैशाख ११ गतेदेखि नयाँ विद्यार्थी भर्ना अभियान सुरु गर्ने र वैशाख १५ गतेबाट नियमित पठनपाठन सञ्चालन गर्न उपत्यकाभित्रका सबै पालिकालाई अनुरोध गर्ने निर्णय गरेको हो। फोरमका अध्यक्ष चिरिबाबु महर्जनका अनुसार स्थानीय तहहरूले यसअघि नै शैक्षिक क्यालेन्डर तयार गरी कार्यान्वयन गर्दै आएका कारण शैक्षिक गतिविधिलाई निरन्तरता दिन यो निर्णय गरिएको हो।

सरकारले हालै भर्ना अभियान र पठनपाठन सुरु गर्ने फरक मिति तोकेपछि विद्यालय सञ्चालनमा अन्योल उत्पन्न भएको भन्दै फोरमले ध्यानाकर्षण जनाएको छ। यसले नियमित शैक्षिक प्रक्रियामा प्रभाव परेको निष्कर्ष फोरमको छ।

विभिन्न सरोकारवाला निकाय-गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ, शिक्षक महासंघ, प्याब्सन, एनप्याब्सन तथा अभिभावक समूहबाट प्राप्त सुझावका आधारमा विद्यार्थीको सिकाइमा पर्ने सम्भावित असर न्यूनीकरण गर्न एकरूप शैक्षिक वातावरण आवश्यक रहेको निष्कर्ष निकालिएको छ।

फोरमले संविधानले स्थानीय सरकारलाई दिएको अधिकार र जिम्मेवारीको सम्मान गर्नुपर्नेमा जोड दिँदै शिक्षा व्यवस्थापनमा अनावश्यक हस्तक्षेप नगर्न आग्रह गरेको छ।

साथै, इन्धन अभावको सम्भावित प्रभावलाई ध्यानमा राख्दै विद्यालय सञ्चालन प्रभावित नहोस् भन्नका लागि वैकल्पिक उपायहरू, जस्तै अनलाइन कक्षा सञ्चालन तथा विद्युतीय सवारी प्रयोगलाई प्राथमिकता दिन सम्बन्धित निकायलाई सुझाव दिइएको छ।

0 Comments