२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाकिस्तानमा भएको आक्रमणमा नौ जनाको मृत्यु

अ+ अ-

काठमाडौँ। पाकिस्तानको दक्षिण पश्चिम बलुचिस्तान प्रान्तको अन्वेषण तथा अनुसन्धान स्थलमा भएको आक्रमणमा नौ जनाको मृत्यु हुनुका साथै एक जना विदेशी कामदारलाई अपहरण गरिएको सुरक्षा स्रोतले बिहीबार बताएको छ ।

चागी जिल्लाको नेसनल रिसोर्सेज लिमिटेड कम्पनीद्वारा सञ्चालित अन्वेषण तथा अनुसन्धान स्थलमा बुधबार स्थानीय समयअनुसार बेलुका ७ बजे आक्रमण भएको स्रोतहरूले नाम न छाप्ने सर्तमा बताएको सिन्हुवाले जनाएको छ । तामा र सुनको अन्वेषण तथा अनुसन्धान स्थलमा आक्रमण भएको स्रोतहरूले पुष्टि गरेका छन् ।

आतङ्ककारीले आक्रमणको क्रममा साना हतियारको गोली र अन्डर ब्यारेल ग्रेनेड लन्चर प्रयोग गरेको तथा तोडफोड गरी इन्धनमा क्षति पुग्नुका साथै तीन वटा शिविरमा आगो लगाएको स्रोतले जनाएको छ । जवाफी गोलीबारीमा एक जना आतंकवादी मारिएको तथा बाँकी आक्रमणकारी घटना स्थलबाट भागेको जनाइएको छ ।

सुरक्षा बलले खोजी तथा अनुसन्धान अभियान सुरु गरी सकेको जनाएको छ । मृतक मध्ये तीन जना निजी सुरक्षा गार्ड र छ जना मजदुर रहेको स्रोतले जनाएको छ भने अहिलेसम्म कुनै पनि समूहले आक्रमणको दाबी गरेको छैन ।

0 Comments