२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टिकटकमार्फत उपहारको प्रलोभन देखाई ठगी गरेको आरोपमा युवक पक्राउ

अ+ अ-

काठमाडौँ । सामाजिक सञ्जाल टिकटक प्रयोग गरी महिलाहरूलाई उपहार पठाएको बहानामा रकम असुल्ने कार्यमा संलग्न रहेको आरोपमा एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा इलामको फाकफोकथुम गाउँपालिका-६ निवासी २७ वर्षीय सुजन लिम्बू उर्फ सुशन थेगिम रहेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनले ‘रोहन राजपूत’ नामक टिकटक आइडी सञ्चालन गरी नेपाली महिलासँग साथी बनेर संवाद गर्ने गरेका थिए।

प्रारम्भिक चिनजानपछि विभिन्न प्रलोभन देखाउँदै विश्वास जित्ने प्रयास गरिएको अनुसन्धानबाट खुलेको छ।

प्रहरीका अनुसार उनले डलर, गरगहना लगायतका उपहार पठाइसकेको र ती सामग्री काठमाडौँ विमानस्थलस्थित डीएचएल शाखामा पुगेको भन्दै सन्देश पठाउने गरेका थिए। उक्त सामान बुझ्न भन्सार शुल्क तिर्नुपर्ने भन्दै रकम माग्ने गरेको बताइएको छ।

यसरी सम्पर्कमा आएका व्यक्तिहरूसँग ह्वाट्सएपमार्फत संवाद गरी विभिन्न बैंक खातामा रकम जम्मा गर्न लगाइएको र हालसम्म करिब २ लाख रुपैयाँ ठगी गरेको प्रारम्भिक विवरण प्रहरीले जनाएको छ।

आरोपीमाथि ठगी कसुरमा थप अनुसन्धान सुरु गरिएको छ। पक्राउका क्रममा उनको साथबाट मोबाइल फोन र सिम कार्ड बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार ह्वाट्सएपमार्फत ४० भन्दा बढी महिलासँग सम्पर्क गरिएको देखिएको छ। प्रहरीले यस्ता अनलाइन प्रलोभनप्रति सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ।

0 Comments