२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सगरमाथा दिवसका अवसरमा कायरोमा नेपाल–इजिप्ट मैत्री दौड

अ+ अ-

काठमाडौँ । सगरमाथा दिवस र अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा कायरोमा शुक्रबार पाँच किलोमिटर ‘नेपाल–इजिप्ट मैत्री दौड’ आयोजना गरिएको छ ।

इजिप्टस्थित नेपाली दूतावासले त्यहाँको स्थानीय विकास तथा वातावरण मन्त्रालय र वादी डेगला संरक्षित क्षेत्रसँगको सहकार्यमा ‘हिमालदेखि नाइलसम्म-हरित भविष्यका लागि दौडौँ’ नारासहित उक्त कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रमको उद्घाटन इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्साल तथा त्यहाँको स्थानीय विकास तथा वातावरण मन्त्रालयअन्तर्गत संरक्षित क्षेत्रसम्बन्धी केन्द्रीय प्रशासनका प्रमुख मोहम्मद युसुफले संयुक्त रूपमा गरेको कायरोस्थित नेपाली दूतावासले जनाएको छ । 

त्यस अवसरमा राजदूत लम्सालले सहभागीहरूलाई स्वागत गर्दै सन् १९५३ मा विश्वकै सर्वोच्च शिखर सगरमाथाको पहिलो आरोहणको सम्झनामा मनाइने सगरमाथा दिवस मानव दृढता र सहकार्यको प्रतीक भएको उल्लेख गरे । उनले हालै घोषणा गरिएको अन्तर्राष्ट्रिय आरोग्य दिवसले शारीरिक, मानसिक, भावनात्मक, सामाजिक तथा पारिस्थितिक सन्तुलनलाई समेट्ने समग्र स्वास्थ्यको महत्त्व उजागर गर्ने बताए। 

राजदूत लम्सालले योग, ध्यान र प्रकृतिसँगको सामञ्जस्यजस्ता नेपालको परम्परागत अभ्यासले वातावरण संरक्षण र मानव स्वास्थ्यबीचको सम्बन्धलाई बलियो बनाउने बताए।

प्रमुख युसुफले दूतावासले आयोजना गरेको कार्यक्रमको सराहना गर्दै यसले वातावरणीय सचेतना र दिगोपनाको सन्देश प्रवाह गरेको बताए। उनले हरित भविष्य निर्माणका लागि इजिप्टको प्रतिबद्धता पुनः दोहोर्‍याउँदै दिगोपनाको पहलमा नेपालको योगदानको प्रशंसा गरे । 

करिब ३० किलोमिटर लम्बाइमा फैलिएको वादी डेगला संरक्षित मरुभूमि उपत्यकाभित्र आयोजना गरिएको दौड प्राकृतिक परिवेशमा सम्पन्न भएको थियो । यो क्षेत्रको मरुभूमि पारिस्थितिकी तन्त्र र वन्यजन्तुको संरक्षण गरिएको छ ।

कार्यक्रममा कूटनीतिज्ञ, विद्यार्थी, स्थानीय खेलाडी तथा नेपाली समुदायका सदस्यसहित ३५० भन्दा बढी सहभागीको उपस्थिति थियो ।  

0 Comments