२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्ती नदीमा घडियाल गोहीका सात गुँडका १९५ अण्डा संकलन

अ+ अ-

चितवन । राप्ती नदीमा भेटिएका घडियाल गोहीका १७ गुँडमध्ये सात गुँडबाट अण्डा संकलन गरिएको छ । 

चितवन राष्ट्रिय निकुञ्जले गत चैत १ गतेदेखि गुँड खोज्ने क्रममा भेटिएकामध्ये आइतबार सात गुँडबाट एक सय ९५ वटा अण्डा संकलन गरिएको हो ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार मानवीय र वन्यजन्तुको खतरा भएका गुँडबाट अण्डा संकलन गर्ने गरिन्छ । गत वर्ष राप्ती नदीमा १८ वटा गुँड भेटिएकामा तीबाट दुई सय ३२ वटा अण्डा निकालिएको उनले जानकारी दिए।

सूचना अधिकारी थापामगरले भने, “जोखिम क्षेत्रमा रहेका गुँडबाट मात्रै अण्डा संकलन गरिएको हो । सुरक्षित स्थानमा रहेका गुँडका अण्डालाई प्रकृतिमा नै छोडिएको छ । संकलित अण्डा कार्यालयमा रहेको गोही प्रजनन केन्द्रमा लगेर बच्चा कोरल्ने प्रक्रिया सुरु गरिएको छ ।”

गोही प्रजनन केन्द्रमा हरेक वर्ष संकलन गरी ल्याइएका अण्डालाई कोरलेर पाँच वर्ष पुगेका गोहीलाई नदीमा छाड्ने गरिन्छ । अघिल्ला वर्षहरूमा निकुञ्जले राप्ती र नारायणी नदीमा गोहीका गुँड खोज्ने काम गरे पनि यस वर्ष राप्ती नदीमा मात्र खोजिएको सूचना अधिकारी थापामगरले बताए । 

0 Comments