२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विलासिताका वस्तुमा कर घटाउन चेम्बरको सुझाव, यथार्थपरक बजेटमा जोड

अ+ अ-

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मल्होत्राले विलासिताका वस्तु तथा सेवामा लाग्दै आएको करदर पुनरावलोकन गरी घटाउन सरकारलाई सुझाव दिएका छन् ।

उनका अनुसार हाल उच्च कर दरका कारण अपेक्षित राजस्व संकलन हुन नसक्ने अवस्था रहेकाले दर घटाउँदा उल्टै राजस्व वृद्धि हुन सक्ने सम्भावना रहेको छ ।

आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेट सम्बन्धी छलफल कार्यक्रममा बोल्दै उपाध्यक्ष मल्होत्राले कर संरचना सहज बनाए अनौपचारिक कारोबार औपचारिक प्रणालीमा आउने दाबी गरे ।

उनले बजेटको आकार वर्षेनि बढ्दै जाने तर लक्ष्यअनुसार राजस्व संकलन नहुने तथा खर्च कार्यान्वयन कमजोर रहने प्रवृत्ति देखिएको उल्लेख गरे ।

बारम्बार मध्यावधि समीक्षामार्फत बजेट आकार घटाउनुपर्ने अवस्था आउनु अर्थतन्त्रका लागि सकारात्मक संकेत नभएको उनको भनाइ छ । आगामी बजेट यथार्थपरक र कार्यान्वयनमुखी हुनुपर्नेमा उनले जोड दिएका छन् ।

सरकारले अघि सारेका महत्वाकांक्षी आर्थिक योजनालाई सफल बनाउन निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको पनि उनले स्पष्ट पारेका छन् ।

0 Comments