२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाजुरामा पहिरो र चट्याङमा परी १६ पशुचौपाया मरे, ३८ बेपत्ता

अ+ अ-

काठमाडौँ । हावाहुरीसहित वर्षा–पहिरो र चट्याङका कारण १६ वटा भेडा बाख्रा मरेका र ३८ वटा भेडा बाख्रा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्लाको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका-२ माथिल्लो हुनीस्थित वनमा चराउन लगेका चौपाया घर फर्काउने क्रममा मंगलबार साँझ परेको वर्षासँगै आएको पहिरो र चट्याङबाट १६ भेडा बाख्रा मरेका र ३८ वटा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा प्रवक्ता नरेशबहादुर शाहीलेजानकारी दिए ।

उनका अनुसार सोही गाउँपालिका-२ का स्थानीय चैनबहादुर विष्टका दुईवटा भेडाको मृत्यु, नौवटा बेपत्ता, अमृत ल्वारका तीन वटा भेडा पहिरोमा परी मरेका, १४ बेपत्ता भएको प्रहरी प्रवक्ता शाहीले बताए।

भीषण वर्षापछि आएको पहिरोमा पुरिएर सोही वडाका स्थानीय किसानका पाँचवटाको मृत्यु, १० वटा बेपत्ता र ऐनबहादुर विष्टका तीनवटाको मृत्यु, पाँचवटा बाख्रा बेपत्ता भएको छ ।

त्यसैगरी, त्रिवेणी नगरपालिका-९ पैमाको खोया लेकमा स्थानीय कुलबहादुर साउदको गोठमा चट्याङ लागेर तीनवटा भेडा बाख्रा मरेका छन् । मंगलबार बेलुकी आएको हुरीबताससहित असिना पानी र चट्याङका कारण ठूलो क्षति भएको प्रहरीले जनाएको छ ।

यस्तै मंगलबार आएको हुरीका कारण खप्तड छेडेदह गाउँपालिका-१ काँडाको काँट्यामा स्थानीय वीरे रावलले सञ्चालन गरेको पसल उडाएर क्षति भएको छ । स्थानीय व्यापारी रावलको काठ र जस्तापाताले बनाएको भुइँतले पसल हुरीले उडाएर लत्ताकपडासहित सिलाउने मेसिनमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

हुरीबताससहित वर्षाले क्षति पुर्‍याएको प्रहरी चौकी कुन्ना, प्रहरी चौकी बडीमालिका र प्रहरी चौकी काँडाबाट प्रहरी टोली खटिइ क्षतिको विवरण संकलन भइरहेको प्रहरी प्रवक्ता शाहीले जानकारी दिए । यसैगरी हुरीबताससहित असिना पानीका कारण पाकेको गहुँ बालीमा पनि क्षति पुगेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

0 Comments