२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अध्यादेशप्रति आपत्ति जनाउँदै विपक्षी दलको राष्ट्रपतिसमक्ष स्वीकृति नदिन आग्रह

अ+ अ-

काठमाडौँ । सरकारले संसद् अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत कानुन संशोधन अघि बढाएको भन्दै विपक्षी दलहरूले कडा आपत्ति जनाएका छन्।

उनीहरूले यस्तो कदमलाई संसद् प्रक्रियालाई उपेक्षा गर्ने अभ्यास भन्दै विरोध गरेका छन्।

नेपाली काँग्रेस, नेकपा एमालेसहित चार विपक्षी दलले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै सरकारद्वारा सिफारिस गरिएका अध्यादेशहरू राष्ट्रपतिबाट स्वीकृत नगर्न अनुरोध गरेका छन्।

विपक्षी दलहरूले उक्त निर्णयलाई असंसदीय तथा लोकतान्त्रिक मूल्य विपरीतको अभ्यासका रूपमा चित्रण गरेका छन्।

आइतबार नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेको अध्यक्षतामा बसेको विपक्षी दलहरूको संयुक्त बैठकपछि जारी विज्ञप्तिमा सरकारको पछिल्लो कदमप्रति असहमति प्रकट गरिएको हो।

विज्ञप्तिमा हस्ताक्षर गर्नेहरूमा काँग्रेस संसदीय दलका नेता आङदेम्बे, नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’, नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका प्रमुख सचेतक युवराज दुलाल तथा राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रतिनिधि सरस्वती लामा रहेका छन्।

विपक्षी दलहरूको भनाइअनुसार वैशाख १४ गते सरकारले ‘संवैधानिक परिषद्को काम, कर्तव्य र अधिकारसम्बन्धी ऐन, २०६६’ तथा ‘सहकारी ऐन, २०७४’ संशोधनसम्बन्धी दुई अध्यादेश ल्याएको थियो। त्यसैगरी वैशाख १५ गते स्वास्थ्य विज्ञान प्रतिष्ठान, केही नेपाल कानुन संशोधन तथा विश्वविद्यालयसम्बन्धी छुट्टाछुट्टै अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिएको उनीहरूको आरोप छ।

विपक्षी दलहरूले संसद् अधिवेशन आह्वान भइसकेको अवस्थामा त्यसलाई स्थगन गरी अध्यादेशमार्फत कानुनी प्रक्रिया अघि बढाउनु गम्भीर असंसदीय अभ्यास भएको ठहर गरेका छन्। उनीहरूले यस्तो कार्यको घोर विरोध, निन्दा र भर्त्सना गर्ने निर्णय गरेको जनाएका छन्।

विज्ञप्तिमा विपक्षी दलहरूले तीन मुख्य मागसमेत अघि सारेका छन्। पहिलो, हाल जारी गरिएका अध्यादेशहरू तत्काल फिर्ता गर्न सरकारसँग आग्रह गरिएको छ। दोस्रो, संसद् छल्ने उद्देश्यसहित पठाइएका अध्यादेशहरू स्वीकृत नगर्न राष्ट्रपतिसमक्ष अनुरोध गरिएको छ। तेस्रो, स्थगन गरिएको संघीय संसद् अधिवेशन तत्काल बोलाउन माग गरिएको छ।

0 Comments