२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेसले सदस्यता नवीकरणका लागि थप सात दिनको अवसर दिने निर्णय

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले सदस्यता नवीकरण प्रक्रियाबाट बाहिर रहेका जिल्ला तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्रलाई लक्षित गर्दै नवीकरणका लागि थप एक साताको समय उपलब्ध गराउने निर्णय गरेको छ।

ललितपुरस्थित वीपी स्मृति भवनमा महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा बसेको बैठकले डिजिटल प्रणालीमार्फत सदस्यता विवरण प्रविष्ट गर्न नसकेका क्षेत्रलाई समेट्न समय थप गर्ने निर्णय गरेको हो।

बैठकले विदेशस्थित जनसम्पर्क समितिहरूको अवस्था मुल्यांकन गरी अधिवेशन सम्पन्न भइसकेका र सम्पन्न हुन बाँकी रहेका समितिलाई छुट्टाछुट्टै आधारमा व्यवस्थापन गर्ने निष्कर्ष निकालेको जनाएको छ। अधिवेशन सम्पन्न गरिसकेका समितिको सदस्यता अभिलेख भने पार्टी विधानअनुसार अद्यावधिक गरिनेछ।

विदेशमा रहेका जनसम्पर्क समितिका लागि अनलाइन माध्यमबाट क्रियाशील सदस्यताको आवेदन फारम भर्ने व्यवस्था यथावत् राखिने निर्णय गरिएको छ। यससम्बन्धी विस्तृत जानकारी पार्टीको आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरिने बताइएको छ।

नेपाली नागरिकता भएका व्यक्तिलाई जनसम्पर्क समिति सदस्यता तथा क्रियाशील सदस्यता प्रदान गर्ने व्यवस्था मिलाइने तथा अन्य व्यक्तिका हकमा पार्टी विधानले तोकेको प्रक्रिया लागू गरिने निर्णय पनि गरिएको छ।

त्यस्तै, विभिन्न कारणले सदस्यता नवीकरण गर्न नसकेकाहरूले केन्द्रमा निवेदन दिएका आधारमा विशेष व्यवस्था गरी थप सात दिनभित्र नवीकरण गर्न सक्ने व्यवस्था मिलाइने भएको छ।

रिक्त रहेका वडा सभापतिको पद भएका स्थानमा सम्बन्धित समितिले तोकेको प्रतिनिधिमार्फत सदस्यता विवरण अद्यावधिक गर्न सकिने व्यवस्था पनि गरिएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

0 Comments