२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खोटाङमा यलम्बर सालिक अनावरण कार्यक्रम प्रशासनद्वारा स्थगित

अ+ अ-

काठमाडौँ । खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुइपामा निर्माण गरिएको यलम्बरको सालिक उद्घाटनलाई लिएर उत्पन्न विवादपछि जिल्ला प्रशासन कार्यालयले निर्धारित कार्यक्रमहरू स्थगित गरेको छ।

पञ्चरदोबाटो क्षेत्रमा निर्माण गरिएको करिब ११० फिट अग्लो सालिक फरक-फरक मिति र समय तय गरी उद्घाटन गर्ने तयारी भएपछि प्रशासनले सुरक्षा संवेदनशीलता दृष्टिगत गर्दै हस्तक्षेप गरेको हो। नगरपालिकाले वैशाख १७ गते र वडा कार्यालयले उभौली साकेला पर्वको अवसर पारेर वैशाख १८ गते अनावरण कार्यक्रम तय गरेका थिए।

जिल्ला समन्वय समितिका उपप्रमुख सुरेश तामाङको अध्यक्षतामा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकको निर्णयका आधारमा दुवै कार्यक्रम रोक्ने निर्णय गरिएको प्रशासनले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी रेखा कँडेलका अनुसार कार्यक्रमलाई लिएर पक्ष-विपक्षबीच तनाव बढ्ने तथा सार्वजनिक शान्ति भंग हुने जोखिम देखिएकाले सालिक अनावरण स्थगित गरिएको हो। प्रशासनले जारी सूचनामा शान्ति सुरक्षा, सामाजिक सद्भाव र सामुदायिक एकतालाई प्राथमिकतामा राखेर कार्यक्रम रोकिएको उल्लेख गरेको छ।

वडा कार्यालयले प्रतिनिधि सभा सदस्य हर्क साम्पाङलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरी कार्यक्रम गर्ने तयारी गरेको थियो। नगरपालिकाले भने कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली तथा किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष जीवन हाताचोको उपस्थितिमा छुट्टै कार्यक्रम घोषणा गरेको थियो।

एउटै संरचनाको उद्घाटनका लागि दुई निकायबाट पृथक् मिति र फरक अतिथि तय गरिएपछि विषय राजनीतिक विवादमा परिणत भएको स्थानीय स्रोतहरूले जनाएका छन्। 

0 Comments