२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्ध जयन्ती मनाइँदै

अ+ अ-

पोर्चुगल । विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५७०औँ जन्म जयन्ती पोर्चुगलमा विशेष कार्यक्रमका साथ मनाइने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलको आयोजनामा यही मे १ तारिख शुक्रवारका दिन राजधानी लिस्बनमा विशेष कार्यक्रमका साथ बुद्ध जयन्ती मनाउन लागिएको हो ।  

 त्यस अवसरमा लिस्बनको आन्जोसस्थित जिनासीयो क्लबको हलमा बुद्धको विशेष पूजा–आराधना गरिनेछ भने बौद्ध धर्मगुरुद्वारा ध्यान तथा प्रवचन पनि हुने बताइएको छ ।

 बुद्धका शान्ति, करुणा र मैत्रीका सन्देश फैलाउने तथा बुद्ध र बुद्ध जन्मस्थलको प्रचार–प्रसार गर्ने उद्देश्यले विशेष कार्यक्रमका साथ जयन्ती मनाउन लागिएको महासंघका अध्यक्ष चोपकुमार रानामगरले जानकारी दिए । कार्यक्रममा सहभागी भई बुद्ध जयन्तीलाई भव्य रूपमा सफल बनाउन पोर्चुगलवासी नेपाली समुदायलाई आग्रह गरिएको उनले बताए । 

 पोर्चुगलमा हरेक वर्ष क्रियाशील नेपाली संघसंस्थाको संयोजनमा बुद्ध जयन्ती मनाइँदै आइएको छ ।

0 Comments