२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लाइसेन्स, ब्लुबुक र साँचो नियन्त्रण गैरकानुनी ठहर, नखोस्न ट्राफिक प्रहरीका नाममा निर्देशनात्मक आदेश

अ+ अ-

काठमाडौँ। ट्राफिक नियम उल्लंघनका घटनामा सवारी चालक अनुमति पत्र (लाइसेन्स), ब्लुबुक तथा सवारीको साँचोलगायत कागजात नियन्त्रणमा लिन नपाइने भन्दै सर्वोच्च अदालतले सम्बन्धित निकायका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ।

न्यायाधीशद्वय अव्दुल अजीज मुसलमान र श्रीकान्त पौडेलको संयुक्त इजलासले विवेक चौधरी विरुद्ध गृह मन्त्रालयसमेत भएको उत्प्रेषण परमादेशसम्बन्धी रिट निवेदनमा उक्त आदेश दिएको हो।

रिट निवेदक विवेक चौधरीले ट्राफिक नियम उल्लंघनपछि जरिवाना तिर्दासमेत ट्राफिक प्रहरीले आफ्नो सवारी चालक अनुमति पत्र नियन्त्रणमा लिएको र अन्य सवारी चालकहरूसँग पनि सोही अभ्यास भइरहेको उल्लेख गर्दै उक्त कार्य गैरकानुनी भएको जिकिर गरेका थिए।

अदालतले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ को व्याख्या गर्दै ट्राफिक प्रहरीलाई ट्राफिक नियम उल्लङ्घनमा तत्काल जरिवाना गर्न सक्ने अधिकार मात्र रहेको र जरिवाना तत्काल तिर्न नसकेमा २४ घण्टाभित्र तिर्न उपस्थित हुन पुर्जी दिने व्यवस्था रहेको उल्लेख गरेको छ। सो ऐनमा लाइसेन्स, ब्लुबुक वा साँचो नियन्त्रणमा लिने अधिकार प्रदान गरिएको नदेखिएको ठहर गरिएको छ।

फैसलामा ट्राफिक प्रहरीले कानूनले अनुमति नदिएको अवस्थामा सवारी चालक अनुमति पत्र, ब्लुबुक, चाबी लगायतका कागजात नियन्त्रणमा लिने कार्य स्वेच्छाचारी र कानुन विपरीत हुने उल्लेख गरिएको छ। अदालतले यस्तो कार्य अधिकार क्षेत्र नाघेको (अधिकारको अधिक प्रयोग) हुने र विधिको शासनको विपरीत जाने स्पष्ट पारेको छ।

अदालतले कागजात नियन्त्रणका कारण व्यक्तिको आवतजावत तथा पेशा-व्यवसाय सञ्चालन गर्ने स्वतन्त्रतामा अनुचित बन्देज लाग्ने र समानताको संवैधानिक सिद्धान्तमा समेत असर पर्ने उल्लेख गरेको छ।

यद्यपि, ट्राफिक प्रहरीले कागजात नियन्त्रणसम्बन्धी कुनै औपचारिक निर्णय गरेको प्रमाण नदेखिएको भन्दै निवेदकको मागअनुसार उत्प्रेषण आदेश जारी गर्नुपर्ने अवस्था नरहेको अदालतले ठहर गरेको छ। सोही आधारमा रिट निवेदन खारेज गरिएको हो।

तर अदालतले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ विपरीत सवारी चालक अनुमति पत्र, ब्लुबुक, साँचोलगायत कागजात नियन्त्रणमा नलिनु तथा नलिन गराउनु भनी सम्बन्धित निकायका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ।

अदालतले सार्वजनिक निकायको स्वेच्छाचारितालाई नियन्त्रण गर्नु आवश्यक रहेको उल्लेख गर्दै कानूनले तोकेको अधिकारको सीमाभित्र रहेर मात्र कारबाही गर्नुपर्ने सिद्धान्त पुनः स्पष्ट गरेको छ।

0 Comments