८ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘लुम्बिनीको माटो, समृद्धिको बाटो’ अभियान घोषणा

अ+ अ-

रूपन्देही ।  लुम्बिनी विश्व शान्ति मञ्चले २५७०औँ बुद्ध जयन्तीका अवसरमा ‘लुम्बिनीको माटो, समृद्धिको बाटो’ अभियान घोषणा गरेको छ । अभियानअन्तर्गत भैरहवा-लुम्बिनी क्षेत्रमा दुई हजार ५७० वटा बिरुवा रोप्ने कार्यक्रम रहेको मञ्चका संस्थापक तथा अध्यक्ष वासु गौतमले बताए।

अभियानको घोषणा सिद्धार्थनगर नगरपालिका-५ स्थित श्री भैरहवा नमुना माध्यमिक विद्यालयबाट गरिएको छ । आज विद्यालय परिसरमा १०८ वटा विभिन्न फलफूलका बिरुवा रोपिएको गौतमले जानकारी दिए । बाँकी बिरुवा अबको दुई महिनामा रोप्ने कार्यक्रम रहेको उनको भनाइ छ ।

भैरहवाको पुरानो विद्यालय भैरहवा नमुना माविमा लुम्बिनी विश्व शान्ति मञ्चको आयोजना तथा विभिन्न संघ-संस्था र बैंक तथा वित्तीय संस्थाको सहयोगमा कार्यक्रम गरिएको उनले बताए । सोही अवसरमा विद्यालय परिसरमा रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो ।

त्यस्तै, शुक्रबार नै लुम्बिनी सांस्कृतिक नगरपालिका-१ स्थित बुद्ध आदर्श माध्यमिक विद्यालय, खुनगाईमा १०० वटा बिरुवा रोपिएको अध्यक्ष गौतमले जानकारी दिए। “फलफूलका बिरुवा रोप्ने गरेका छौँ, यस्तो कार्यक्रम गर्न पाउँदा निकै खुसी छौँ,” उनले भने ।

लुम्बिनी विश्व शान्ति मञ्चले मुलुकका विभिन्न स्थानमा गरी १० लाख वटा बिरुवा रोप्ने र हुर्काउने अभियानमा रहेको बताए । हालसम्म एक लाख ९५ हजार ७०० बिरुवा रोपिसकिएको उनले जानकारी दिए ।

‘लुम्बिनीको माटो, समृद्धिको बाटो’ अभियान घोषणा कार्यक्रममा सिद्धार्थनगर नगरपालिका-५ का वडाध्यक्ष पुरनप्रसाद श्रेष्ठले लुम्बिनी विश्व शान्ति मञ्चले विद्यालय प्रांगणमा वृक्षरोपण तथा रक्तदान जस्तो पुनीत कार्य गरेको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमितकुमार गुप्ताले शान्त वातावरणमा सभ्य रूपमा कार्यक्रम भएको बताए ।

गोलिगढ टोल सुधार समिति सिद्धार्थनगर-९ का निवर्तमान अध्यक्ष युवराज पाण्डेले लुम्बिनी विश्व शान्ति मञ्चले वातावरणको क्षेत्रमा महत्त्वपूर्ण कार्य गर्दै आएको बताए । “यहाँहरूले टोल सुधार समितिले गरेको कामको उच्च मूल्यांकन गर्नुभएको छ । यसले हामीलाई काम गर्ने थप ऊर्जा प्राप्त भएको छ,” उनले भने

रिसाइल टू रिभाइभका कोषाध्यक्ष रमेश खड्काले लुम्बिनी विश्व शान्ति मञ्चसँगको सहकार्यमा सामाजिक कार्य गर्न पाउँदा खुसी लागेको बताए । आफ्ना बुबा स्व चन्द्रबहादुर खड्काको सम्झनामा भैरहवा नमुना माविमा रु. ५१ हजार १११ को अक्षयकोष स्थापना गरेको उनले बताए । विराटनगर निवासी रमेश खड्का हाल अष्ट्रेलियामा बस्दै आएका छन् ।

कार्यक्रममा गोलिगढ टोल सुधार समितिलाई टोलको सरसफाइमा सहजता प्रदान होस् भन्ने उद्देश्यले लुम्बिनी विश्व शान्ति मञ्चले सरसफाइ सामग्री हस्तान्तरण गरेको थियो । त्यस्तै टू द लुम्बिनी (साईकलमा लुम्बिनी जाने टोलीलाई) स्वागतसमेत गरिएको थियो ।

0 Comments