२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धरानको मेयर उम्मेदवार खोज्दै हर्क साम्पाङ, कांक्षीहरुलाई भोलि भेट्दै

अ+ अ-

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले आगामी २०८४ सालको स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै धरान उपमहानगरपालिकाको मेयर पदका लागि उम्मेदवार छनोट प्रक्रिया प्रारम्भ गरेका छन्।

धरानको नेतृत्वका लागि उपयुक्त व्यक्तिको खोजी सुरु गरिएको भन्दै उनले इच्छुक आकांक्षीहरूसँग प्रारम्भिक छलफल गर्न लागिएको जनाएका छन्।

२०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा विजयी हुँदै साम्पाङ धरानको मेयर बनेका थिए। पछि संघीय निर्वाचनमा प्रतिस्पर्धा गर्न उनले पदबाट राजीनामा दिएका थिए। हाल उक्त पद रिक्त रहेको र उपमेयरमार्फत कार्यवाहक रूपमा जिम्मेवारी सम्हालिँदै आएको छ।

साम्पाङले केही दिनअघि सामाजिक सञ्जालमार्फत आगामी निर्वाचनमा धरानको मेयर पदका लागि कसलाई उम्मेदवार बनाउँदा उपयुक्त हुन्छ भन्ने विषयमा सार्वजनिक रायसमेत मागेका थिए।

उनले उम्मेदवार चयन गर्दा आर्थिक लेनदेन नगरी इमानदार, सक्षम र समाजसेवामा सक्रिय व्यक्तिलाई प्राथमिकता दिइने धारणा सार्वजनिक गरेका छन्। राजनीतिक टिकटलाई व्यापारिक माध्यम बनाउन नहुने उनको जोड रहेको छ।

यसैक्रममा उनले मेयर पदका आकांक्षी व्यक्तिहरूलाई भोलि बिहान भेटघाट तथा छलफलका लागि बोलाएका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक सूचनामा बिहान ६:३० बजे ‘ग्रिन टिम’ मा उपस्थित हुन आग्रह गरिएको छ।

Leave a Reply