२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाढीले फेरि बगायो कमला नदीको ‘डाइभर्सन’, हुलाकी राजमार्ग अवरुद्ध

अ+ अ-

सिरहा । निरन्तरको वर्षासँगै आएको बढीले सिरहा र धनुषा जोड्ने कमला नदीमा बनाइएको अस्थायी ‘डाइभर्सन’ बगाएको छ । हुलाकी राजमार्गअन्तर्गत यहाँ निर्माण भइरहेको पुलको विकल्पमा अस्थायी रूपमा बनाइएको अस्थायी ‘डाइभर्सन’ आज बिहानको बाढीले बगाएको हो । 

बिहीबार राति देखिको भारी वर्षाका कारण पुनः क्षतिग्रस्त भएपछि हाल सयौँ सवारीसाधन र यात्रु बीच बाटोमै रोकिएका छन् । केही दिनअघि पनि वर्षाले क्षति पुर्‍याएपछि मर्मत गरी ‘डाइभर्सन’ सञ्चालनमा ल्याइएको थियो ।  

सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार नदीमा पानीको बहाव उच्च रहेकाले हाल मर्मत गर्ने अवस्था छैन । “पश्चिमपट्टि पानीको बहाव धेरै छ । पानीको सतह घटेपछि नगरपालिकाको जेसिबी प्रयोग गरी बाँध निर्माणको काम अघि बढाइनेछ”, उनले भने । 

कमला नदीमाथिको पुल निर्माणमा भएको चरम ढिलाइले स्थानीयवासीले वर्षौँदेखि सास्ती खेप्दै आएका छन् । पुल निर्माण नहुँदा बर्खायाममा ज्यान जोखिममा राखेर डुंगा चढ्नुपर्ने वा घण्टौँ घुमेर पूर्वपश्चिम राजमार्गको प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ । 

0 Comments