चितवन । बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले बकुलहर रत्ननगर अस्पतालमा विभिन्न पदमा करार सेवा लागि विज्ञापन खुला गरेको छ ।
सोमवार सार्वजनिक सूचना जारी गर्दै अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूका लागि विभिन्न विशेषज्ञ तथा प्राविधिक पदहरूमा आवेदन माग गरिएको हो।
कन्सल्टेन्ट जनरल फिजिसियन, कन्सल्टेन्ट डर्माटोलोजिस्ट, कन्सल्टेन्ट मेडिकल जनरलिस्ट, कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट, कन्सल्टेन्ट रेडियोलोजिस्ट, कन्सल्टेन्ट साइक्याट्रिस्ट, कन्सल्टेन्ट अप्थाल्मोलोजिस्ट लगायतका पदहरूमा आवेदन माग गरेको सूचनामा उल्लेख गरेको छ ।
अस्पतालले आवश्यकता अनुसार केही पदमा एक–एक जना तथा केही पदमा बहुवचन संख्या माग गरेको छ।
आवेदन दिने इच्छुक नेपाली नागरिकले तोकिएको म्यादभित्र दरखास्त पेस गर्नुपर्ने निर्देशनालयले जनाएको छ ।








