२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अभ्यास हातेमालोको आठौं संस्करण सुरु

अ+ अ-

काठमाडौँ । विपद् व्यवस्थापनसँग सम्बन्धित निकायहरूबीच समन्वय र सहकार्य सुदृढ गर्ने उद्देश्यले नेपाली सेनाले सञ्चालन गर्दै आएको ‘अभ्यास हातेमालो’ कार्यक्रमको आठौं संस्करण सुरु गरिएको छ ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार आज उक्त अभ्यासको शुभारम्भ युद्धकार्य महानिर्देशक उपरथी अनुजजंग थापाले गरेका हुन् ।

विज्ञप्तिमा उल्लेख भएअनुसार विपद् व्यवस्थापनका क्षेत्रमा भइरहेका गतिविधिको समीक्षा, प्रतिकार्य क्षमतामा अभिवृद्धि तथा सरोकारवाला निकायहरूबीच प्रभावकारी समन्वय कायम गर्ने लक्ष्यसहित अभ्यास सञ्चालन गरिएको हो । कार्यक्रममा विपद् व्यवस्थापनसँग सम्बन्धित मन्त्रालय, सरकारी निकाय, राष्ट्रिय तथा नेपालस्थित अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको सहभागिता रहेको जनाइएको छ ।

यसअघि आर्थिक वर्ष २०७५/०७६ मा प्रदेश तहमा ‘अभ्यास हातेमालो–१’ सञ्चालन गरिएको थियो । त्यसपछि जङ्गी अड्डामा वार्षिक रूपमा आयोजना हुँदै आएको यो अभ्यास यस वर्ष मनसुनको समयमा हुन सक्ने सम्भावित बाढी तथा पहिरोको परिदृश्यमा आधारित रही तीन दिनसम्म सञ्चालन गरिनेछ । साथै क्रमिक रूपमा प्रदेश तथा जिल्ला तहसम्म विस्तार गर्ने योजना रहेको नेपाली सेनाले जनाएको छ ।

कार्यक्रममा विभिन्न मन्त्रालय, गैरसरकारी तथा अन्तर्राष्ट्रिय निकायका प्रतिनिधिहरूका साथै अन्य सुरक्षा निकायका पदाधिकारी र नेपाली सेनाका अधिकृतहरूको उपस्थिति रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

0 Comments