२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्रेड युनियन अधिकार पुनः स्थापित नगरे चरणबद्ध आन्दोलनमा जाने ट्रेड युनियनकर्मीहरूको चेतावनी

अ+ अ-

काठमाडौँ । निजामती सेवा ऐनमा गरिएको संशोधनप्रति आपत्ति जनाउँदै विभिन्न कर्मचारी ट्रेड युनियन संगठनहरूले ट्रेड युनियन अधिकार पुनः स्थापित नगरे चरणबद्ध आन्दोलनमा जाने चेतावनी दिएका छन्।

संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै संगठनहरूले नेपाल सरकारले २०८१ माघ २० गते केही नेपाल ऐन संशोधन गर्ने अध्यादेशमार्फत निजामती सेवा ऐन, २०४९ मा गरेको संशोधनप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। उनीहरूले उक्त संशोधनलाई प्रशासनिक स्वेच्छाचारितातर्फ उन्मुख कदम भएको उल्लेख गरेका छन्।

विज्ञप्तिमा सार्वजनिक प्रशासनभित्र विकसित हुँदै आएको ट्रेड युनियन अधिकार, पेशागत हकहित तथा सेवा सुरक्षालाई कमजोर बनाउने प्रयास भएको दाबी गरिएको छ। कर्मचारीहरूको संगठित हुने अधिकार कुण्ठित पार्ने गरी ऐन संशोधन गरिएको आरोप लगाउँदै संगठनहरूले त्यसप्रति असहमति जनाएका छन्।

सरकारले अध्यादेशमार्फत ऐनका विभिन्न दफा तथा उपदफामा संशोधन गर्दै कर्मचारीहरूले प्रयोग गर्दै आएको ट्रेड युनियन अधिकारलाई सीमित बनाएको विज्ञप्तिमा उल्लेख छ। यस्तो व्यवस्थाले कर्मचारीहरूको अधिकार संरक्षणमा नकारात्मक असर पर्ने संगठनहरूको भनाइ छ।

विज्ञप्तिमा नेपालको संविधानका प्रावधान, प्रचलित ट्रेड युनियन तथा श्रम ऐन, मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय घोषणापत्र तथा महासन्धिहरूको उल्लंघन भएको दाबी गरिएको छ। अन्तर्राष्ट्रिय श्रम संगठनका महासन्धिहरूअनुसार श्रमिकलाई संगठित हुने अधिकार सुनिश्चित गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै त्यसको सम्मान गर्न सरकारसँग माग गरिएको छ।

इतिहासमा विभिन्न कालखण्डमा ट्रेड युनियन अधिकारमाथि प्रतिबन्ध लगाइएको स्मरण गराउँदै संगठनहरूले प्राप्त अधिकार संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्। विज्ञप्तिमा सरकारले गरेको संशोधन निर्णय तत्काल फिर्ता लिन माग गर्दै माग सम्बोधन नभए कानुनी प्रक्रियासहित चरणबद्ध आन्दोलनमा जाने जनाएका छन्।

यसैबीच, पछिल्ला केही वर्षयता निजामती क्षेत्रमा ट्रेड युनियनको भूमिकाबारे कर्मचारी वृत्तमै आलोचना हुने गरेको छ। संगठनका नाममा कामभन्दा नेतागिरी गर्ने, अनावश्यक सरुवामा हस्तक्षेप गर्ने तथा दलगत आधारमा पक्षपात हुने आरोप लाग्ने गरेको छ। यस्तै, संगठनका नाममा सरकारी स्रोत-साधनको दुरुपयोग भएको र पदाधिकारीहरूले सम्पत्ति आर्जन गरेको भन्ने विषय पनि सार्वजनिक रूपमा उठ्दै आएका छन्।

Leave a Reply