१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वर्ण जयन्ती मनाउने तयारी गरेको बहिरा बाल माध्यमिक विद्यालयलाई शिक्षण सामग्रीको अभाव  

अ+ अ-

 भैरहवा । श्रवण शक्ति कमजोर तथा कान नसुन्ने बालबालिकालाई शिक्षा दिने उद्देश्यले रुपन्देहीको भैरहवामा स्थापना गरिएको बहिरा बाल माध्यमिक विद्यालयले स्वर्ण जयन्ती मनाउँदै छ । 

विशेष शिक्षामा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको विद्यालय अहिले लुम्बिनी प्रदेशकै एक मात्र यस्तो विद्यालयका रूपमा परिचित छ ।

विसं २०३२ सालमा तत्कालीन सिद्धार्थनगर नगरपालिका–२ मा स्थापना भएको विद्यालयमा हाल पूर्वप्राथमिक तहदेखि कक्षा १२ सम्म पढाइ हुँदै आएको छ । विद्यालयमा नेपालका ३६ जिल्ला र भारतका विभिन्न स्थानबाट आएका गरी २४३ विद्यार्थी अध्ययनरत छन् । तीमध्ये १३५ विद्यार्थी छात्रावासमा बस्दै आएका छन् । 

विद्यालयका प्राचार्य भीमबहादुर थापाले सीमित स्रोतसाधनका बीच पनि विद्यालयले विशेष आवश्यकता भएका बालबालिकालाई शिक्षा प्रदान गर्दै आएको जानकारी दिए । उनका अनुसार, विद्यालयमा ३५ जना शिक्षक तथा कर्मचारी कार्यरत छन् ।

विद्यालयले औपचारिक शिक्षासँगै सिलाई कटाइलगायतका सीपमूलक तालिमसमेत सञ्चालन गर्दै आएको छ । विद्यार्थीको आवतजावत सहज बनाउन दुई वटा बसमार्फत यातायात सुविधा उपलब्ध गराइएको छ । प्राचार्य थापाले खेलमैदान, आधुनिक विज्ञान प्रयोगशाला, छात्रावास विस्तार र विद्यार्थीमैत्री शिक्षण सामग्रीको अभाव रहेको उल्लेख गर्दै तीनै तहका सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।  

पाँच दशक पूरा गरेको विद्यालयले विशेष शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानलाई स्थानीयवासीले प्रशंसनीय उपलब्धिका रूपमा लिएका छन् ।

0 Comments