२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल-भारत सीमा व्यवस्थापन सुदृढीकरणका लागि उच्चस्तरीय समन्वय बैठक सम्पन्न

अ+ अ-

काठमाडौँ । नेपाल-भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था, आवागमन सहजीकरण तथा पूर्वाधार सञ्चालनसम्बन्धी समन्वयलाई प्रभावकारी बनाउने उद्देश्यसहित दुवै देशका सुरक्षा तथा सम्बन्धित निकायका उच्च अधिकारीबीच समन्वय बैठक सम्पन्न भएको छ।

रुपैडिहास्थित एकीकृत जाँच चौकी (आईसीपी) मा आयोजित उक्त बैठकमा भारतको सशस्त्र सीमा बल (एसएसबी), नेपालको सशस्त्र प्रहरी बल (एपीएफ) तथा भारतीय रेल सेवासँग सम्बन्धित उच्च अधिकारीहरूको सहभागिता रहेको थियो। बैठकमा सीमा क्षेत्रको सुरक्षा संयन्त्र, यात्रु आवागमनको व्यवस्थापन, रेल सेवा सञ्चालन र आपसी सहकार्यका विविध पक्षमा विस्तृत छलफल गरिएको सशस्त्र प्रहरी लुम्बिनी प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक दीपेन्द्र कुँवरले जानकारी दिएका छन्।

भारतीय पक्षका अधिकारीहरूले द्विपक्षीय समन्वयलाई अझ व्यवस्थित र प्रभावकारी बनाउँदै सीमा क्षेत्रमा सुरक्षा तथा सेवा प्रवाह सुधार गर्ने लक्ष्य रहेको उल्लेख गरेका छन्। बैठकमा दुवै देशका सुरक्षा निकायका वरिष्ठ पदाधिकारीहरूसहित भारतीय रेलवे र यातायातसम्बन्धी निकायका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।

बैठकपश्चात् सहभागीहरूले रुपैडिहा नजिकै अवस्थित नव-निर्मित नेपालगञ्ज रोड रेल्वे स्टेशनको स्थलगत अवलोकन गरेका थिए। निरीक्षणका क्रममा रेल पूर्वाधार, सुरक्षा प्रबन्ध तथा सञ्चालन तयारीका विषयमा जानकारी लिइनुका साथै नेपाल-भारत रेल सम्पर्क विस्तार र सम्बन्धित परियोजनाहरूका प्रगतिबारे पनि छलफल गरिएको थियो।

भारतीय रेल सेवाका अधिकारीले सो स्थानबाट चालु महिनाभित्रै रेल सेवा सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिएका छन्। सेवा सुरु भएपछि सञ्चालनसँग सम्बन्धित व्यवस्थापन पक्षमा देखिने समस्याहरू आवश्यकताअनुसार परिमार्जन गरिने जनाइएको छ।

उक्त अवसरमा दुवै देशका प्रतिनिधिहरूले सीमा क्षेत्रमा शान्ति, सुरक्षा, सहकार्य र वातावरणमैत्री पहललाई प्रवर्द्धन गर्दै द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

0 Comments