२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरियाली पर्वतारोहण टोलीद्वारा कञ्चनजंगा क्षेत्रको साट पिकमा पहिलो आरोहण सफल

अ+ अ-

काठमाडौँ । कोरियाली पर्वतारोहण टोलीले नेपालको हिमाली क्षेत्रमा रहेको साट पिकको पहिलो सफल शिखरारोहण गरेको छ । उक्त हिमाल हालसम्म मानव आरोहण नभएको ‘भर्जिन पिक’ का रूपमा रहेको थियो ।

कोरिया माउन्टेनियरिङ फेडेरेसन अन्तर्गतको २०२६ हिमालय अभियान टोलीले ६,२२० मिटर उचाइको उक्त चुचुरो मे २ मा सफलतापूर्वक आरोहण गरेको जनाएको छ । यो हिमाल कञ्चनजंगा क्षेत्रको शार्फु पर्वत शृंखलामा पर्ने उल्लेख छ ।

टोलीको नेतृत्व आन ची-योङ ले गरेका थिए भने टोलीमा साङ-कुक र ली उइजुन सहभागी थिए ।

२९ दिन लामो अभियानका क्रममा टोलीले खराब मौसम, कठिन भौगोलिक संरचना तथा हिमाली जोखिमपूर्ण परिस्थितिहरू पार गर्दै अल्पाइन शैलीमा शिखरमा पुग्न सफल भएको जनाएको छ ।

कोरियन अल्पाइन फेडेरेसनका अनुसार यो उपलब्धि केवल एक आरोहण मात्र नभई कठिन परिस्थितिमा गरिएको ‘अथेन्टिक अल्पिनिज्म’ को उदाहरणका रूपमा लिइएको छ, जसले पर्वतारोहणको साहसिक र प्राविधिक क्षमतालाई प्रमाणित गरेको दाबी गरिएको छ ।

फेडेरेसनले यस सफलताले कोरियाली पर्वतारोहण क्षेत्रलाई थप चुनौतीपूर्ण अभियानतर्फ प्रेरित गर्ने तथा अन्तर्राष्ट्रिय स्तरमा कोरियाली अल्पिनिज्मको पहिचान मजबुत बनाउने अपेक्षा व्यक्त गरेको छ ।

सफल आरोहण सम्पन्न गरेपछि टोली काठमाडौँ फर्किएको जनाइएको छ ।

0 Comments