२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘न्यायपालिकाको स्वायत्ततामा हस्तक्षेप भए शक्ति सन्तुलन कमजोर हुन्छ’: ज्ञानेन्द्र शाही

अ+ अ-

काठमाडौँ । संवैधानिक परिषदबाट प्रधान न्यायाधीश पदका लागि गरिएको सिफारिसप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले असन्तुष्टि जनाएका छन्।

बिहीबार साँझ सामाजिक सञ्जालमार्फत उनले परिषद्ले भावी प्रधानन्यायाधीशका रूपमा मनोज कुमार शर्माको नाम सिफारिस गरेको विषयप्रति टिप्पणी गर्दै असहमति व्यक्त गरेका हुन्। शाहीले न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका बीचको शक्ति सन्तुलन तथा स्वतन्त्रताको प्रश्न उठाएका छन्।

उनका अनुसार विधिको शासनमा राज्यका तीनै अंगहरू एक-अर्काका परिपूरक भए पनि स्वतन्त्र र सन्तुलित ढंगले सञ्चालन हुनुपर्ने हुन्छ। न्यायपालिकामा कार्यपालिकाको प्रभाव बढेमा शक्ति सन्तुलन खलबलिने र न्यायिक निष्पक्षतामा असर पर्ने जोखिम रहने उनले उल्लेख गरेका छन्।

शाहीले परम्परागत प्रक्रिया र स्थापित अभ्यासलाई बेवास्ता गरी गरिएको सिफारिसले दीर्घकालीन रूपमा राज्य संरचनामा नकारात्मक प्रभाव पार्न सक्ने दाबी पनि गरेका छन्। उनका अनुसार यस्तो अभ्यासले क्रमशः नागरिक अधिकार, लोकतान्त्रिक मूल्य र संस्थागत मान्यतामा समेत कमजोरी ल्याउन सक्ने खतरा रहन्छ।

उनले यस्ता निर्णयलाई सामान्य रूपमा नलिन आग्रह गर्दै भविष्यमा शासन प्रणाली तथा न्यायिक संरचनामा गम्भीर चुनौती उत्पन्न हुन सक्ने चेतावनी दिएका छन्।

0 Comments