२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रादेशिक अस्पतालको सुविधाले घटायो सुत्केरीको हवाई उद्धार

अ+ अ-

गण्डकी । प्रादेशिक अस्पतालमा स्तरीय सेवा उपलब्ध भएपछि लाखौँको लागतमा हुने हवाई उद्धार क्रमशः घट्दै गएको छ । 

पछिल्ला वर्षमा प्रदेशभित्रका अस्पतालको स्तरोन्नतिसँगै आधारभूत अस्पतालमा बढाइएको विशेषज्ञसहितको सेवाका कारण उक्त संख्या घट्दै गएको अनुमान गरिएको स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका स्वास्थ्य तथ्यांक अधिकृत बुद्धिसागर अधिकारीले बताए।

गण्डकी प्रदेश सरकारले २०७६ सालदेखि जोखिमममा परेका गर्भवती र सुत्केरीको नि:शुल्क हवाई उद्धार सुरु गरेकामा यो सुविधा त्यस वर्ष १० जनाले लिएका थिए । 

त्यसैगरी, २०७७ मा ३३, २०७८ मा आठ, २०७९ मा पाँच, २०८० मा चार, २०८१ मा एक र २०८२ यता हालसम्म छ जनाले सुविधा लिएको उनले जानकारी दिए । 

जिल्लागत रूपमा २०७६ यता नि:शुल्क हवाई उद्धार सेवा लिनेमा सबैभन्दा बढी बागलुङबाट ३० जनाले यो सेवा लिएका छन् भने म्याग्दीबाट १८, गोरखाबाट छ, मुस्ताङबाट पाँच, लमजुङबाट चार एवम् मनाङ र पर्वतबाट दुई/दुई जना गरी कुल ६७ जनाले सेवा लिएको उनले जानकारी दिए । 

गण्डकी प्रदेश सरकारले २०७६ सालमा यो सेवा सुरु गर्नुअघि मन्त्रिपरिषद्को निर्णयअनुसार थप चार जनाले यो सुविधा लिएका अधिकारीले बताए। 

गण्डकी प्रदेश सरकारले जोखिमममा परेका गर्भवती र सुत्केरीको नि:शुल्क हवाई उद्धारलाई व्यवस्थित एवं प्रभावकारी बनाउन २०८० मा कार्यविधि ल्याएको हो । 

प्रदेश सरकारले गण्डकी प्रदेशका १६ वटा अस्पतालको स्तरोन्नति गर्नुका साथै आधारभूत अस्पतालमा विशेषज्ञसहितको सेवा उपलब्ध गराएपछि स्वास्थ्य सेवाका क्षेत्रमा सकारात्मक उपलब्धि हासिल भएको तथ्यांक अधिकृत अधिकारीले बताए ।

0 Comments