२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सीमा विवाद समाधानका लागि भारतसँग कूटनीतिक संवाद अघि बढेको सरकारको दाबी

अ+ अ-

काठमाडौँ । सरकारले नेपाल-भारत सीमा समस्यासम्बन्धी विषय समाधानका लागि कूटनीतिक माध्यमबाट आवश्यक पहल अघि बढाइएको जनाएको छ।

परराष्ट्र मन्त्रालयमार्फत भारत सरकारलाई कूटनीतिक नोट पठाइसकिएको र त्यसअनुसार दुई देशबीच संवाद प्रक्रिया अगाडि बढिरहेको सरकारको भनाइ छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले सीमा सम्बन्धी विषयमा औपचारिक संवाद सुरु भइसकेको जानकारी दिए। उनका अनुसार परराष्ट्र मन्त्रालयले आवश्यक कूटनीतिक समन्वय गरिरहेको छ र निकट भविष्यमा दुई पक्षीय वार्ता हुने अपेक्षा गरिएको छ।

यसै क्रममा उनले सरकारको प्रशासनिक पुनर्संरचनासम्बन्धी योजनाबारे पनि धारणा राखे। सरकारको प्रतिबद्धताअनुसार मन्त्रालयहरूको संख्या घटाएर अधिकतम १८ वटामा सीमित गर्ने तयारी भइरहेको उनले बताए। अन्तरसम्बन्ध बढी भएका मन्त्रालयलाई एकीकृत गर्ने विषयमा अध्ययनका आधारमा प्रक्रिया अघि बढाइएको उनको भनाइ छ।

प्रवक्ता पोखरेलले शिक्षा क्षेत्रसँग सम्बन्धित विषयमा पनि सरकारको धारणा सार्वजनिक गरे। उनका अनुसार एक पटक भर्ना प्रक्रिया पूरा भएपछि अतिरिक्त भर्ना शुल्क लिन नपाइने व्यवस्था शिक्षासम्बन्धी नियमावलीमै स्पष्ट रूपमा उल्लेख गरिएको छ।

निर्धारित शुल्कभन्दा बढी रकम उठाइएको गुनासो आएमा सम्बन्धित स्थानीय तहले अनुगमन र आवश्यक कारबाही गर्ने व्यवस्था रहेको उनले बताए। पछिल्लो समय निजी विद्यालयसँग सम्बन्धित शुल्कका विषयमा धेरै उजुरी आएपछि सरकारले यसबारे छलफलसमेत गरिसकेको जानकारी उनले दिएका छन्।

0 Comments