२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सुकुम्वासी अधिकार सुनिश्चित नगर्ने सरकार वैध हुन सक्दैन’ : नारायणकाजी श्रेष्ठ

अ+ अ-

काठमाडौँ । सर्लाहीको बागमती नगरपालिका-कर्महिया क्षेत्रमा सुकुम्वासी समुदायले आफ्नो बसोबास अधिकारको माग गर्दै प्रदर्शन गरेका छन् ।

भूमि अधिकार मञ्च र अखिल नेपाल सुकुम्वासी महासंघको संयुक्त आयोजनामा भएको उक्त प्रदर्शनमा डोजर प्रयोग गरी बस्ती हटाउने कार्य रोक्नुपर्ने, आवास अधिकार सुनिश्चित गर्नुपर्ने तथा विस्थापन नचाहिने जस्ता नारासहित सहभागीहरूले आवाज उठाएका थिए ।

महासंघका अनुसार बागमती नगरपालिकामा मात्र करिब नौ हजार भूमिहीन तथा सुकुम्वासी परिवार बसोबास गर्दै आएका छन् ।

प्रदर्शनपछि आयोजित कोणसभामा सहभागी बनेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले सरकारको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले सुकुम्वासीलाई नागरिकसरह व्यवहार नगर्ने राज्यको नीति अस्वीकार्य भएको टिप्पणी गरेका छन् ।

श्रेष्ठका अनुसार संविधानले प्रत्येक नागरिकलाई आवासको अधिकार सुनिश्चित गरे पनि त्यसविपरीत बस्ती हटाउने कार्य कानुनी तथा मानवीय दृष्टिले गलत हो ।

उनले सुकुम्वासी समुदायमाथि भइरहेको व्यवहारप्रति प्रतिरोध गर्न आवश्यक रहेको बताउँदै न्याय र सत्य अन्ततः स्थापित हुने धारणा राखे ।

नेता श्रेष्ठले राज्यसत्ताले जनविश्वासविपरीत कार्य गर्दा त्यसले दीर्घकालीन रूपमा स्वीकार्यता गुमाउने उल्लेख गर्दै लोकतान्त्रिक प्रणालीमा जनअधिकारको सम्मान अनिवार्य हुने बताए ।

उनका अनुसार विशेष आवश्यकताको अवस्था बाहेक जहाँ भूमिहीन बसोबास गर्दै आएका छन्, त्यही स्थानमा उनीहरूलाई स्वामित्वसहितको व्यवस्था मिलाउनुपर्ने हुन्छ । राज्यको भूमि सबै नागरिकको साझा सम्पत्ति भएकाले परिश्रम गरी बसोबास गरेका समुदायलाई विस्थापित गर्नु उचित नहुने उनको भनाइ थियो ।

Leave a Reply