काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बारा जिल्ला समिति विघटन गर्ने निर्णय गरेको छ।
आइतबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले प्रदेश समितिको सिफारिसका आधारमा बारा जिल्ला समिति भंग गर्ने निर्णय गरेको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।
उनका अनुसार संगठनात्मक पुनर्संरचनाअन्तर्गत समिति विघटनसँगै बारामा नयाँ जिल्ला अधिवेशनको तयारी अघि बढाइने भएको छ।
पार्टीले आन्तरिक संगठनलाई थप व्यवस्थित बनाउँदै नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाउने तयारी गरेको जनाएको छ।







