२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राज्य व्यवस्था समिति बैठक रोकिएको विषयमा प्रधानमन्त्रीमाथि आङ्देम्बेले उठाए प्रश्न

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्रीकै कारण राज्य व्यवस्था तथा सुशासन समितिको बैठक सञ्चालन हुन नसकेको बताएका छन्।

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सम्बन्धित समितिको बैठक नियमित रूपमा अघि बढ्न नसक्नुको मुख्य कारण प्रधानमन्त्रीको अनुपस्थितिसँग जोडिएको आरोप लगाए।

आङ्देम्बेका अनुसार प्रतिनिधि सभा निर्वाचनपछि २७ चैतमा संसदीय विषयगत समितिहरू गठन गरिएको र ४ वैशाखमा सबै समितिले सभापति चयन गरे पनि राज्य व्यवस्था समितिको औपचारिक बैठक भने अहिलेसम्म बस्न सकेको छैन।

उनले आफू पनि सो समितिको सदस्य रहेको उल्लेख गर्दै आवश्यक तयारीकाबीच पनि बैठक अवरुद्ध हुनु संसद्को कार्यसम्पादनमा बाधा पुगेको संकेत गरे।

उनले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई लक्षित गर्दै यदि गृह मन्त्रालयको जिम्मेवारी स्पष्ट नहुने हो भने सम्बन्धित जिम्मेवारीबारे प्रस्टीकरण आवश्यक रहेको टिप्पणी गरे।

आङ्देम्बेले प्रधानमन्त्रीको अनुपस्थितिले राज्य व्यवस्था समितिसहित अन्य संवैधानिक तथा प्रशासनिक विषयमा असर पर्न सक्ने भन्दै त्यसबारे सरकारको स्पष्टता आवश्यक रहेको बताए।

त्यसैगरी उनले प्रधानमन्त्रीले जनप्रतिनिधिको प्रश्नको जवाफ दिन किन ढिलाइ गरिरहेको हो भन्ने प्रश्न पनि उठाएका छन्।

0 Comments