काठमाडौँ । प्रतिनिधि सभाको बैठक पुनः सञ्चालनमा आएको छ।
यसअघि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरे पनि करिब एक घण्टापछि कार्यसूचीअनुसार बैठक पुनः सुरु गरिएको हो। तर प्रतिपक्षी दलको अवरोध कायमै छ ।
बैठक प्रारम्भ भए लगत्तै विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाह उपस्थित नभएसम्म कार्यवाही अघि नबढाउनुपर्ने अडानसहित नाराबाजी गरेपछि सभामुखले अस्थायी रूपमा बैठक स्थगन गरेको जानकारी गराएका थिए।
विपक्षी दलहरूले आजको बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीबाटै आउनुपर्ने माग राख्दै दबाब जारी राखेका छन्।







