२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महान् नेता भन्दै अमेरिकी राष्ट्रपति ट्रम्पले गरे सीको प्रशंसा

अ+ अ-

काठमाडौँ । विश्वका दुई सर्वशक्तिमान् मुलुकका नेताबीच बेइजिङमा भएको भलाकुसारी र शिष्टाचार संवाद निकै रोचक देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वागतमा आयोजित विशेष समारोहमा चिनियाँ राष्ट्रपति सी चिनफिङ र ट्रम्पले आपसी सम्बन्ध र विश्व राजनीतिका जटिलताबारे खुल्ला संवाद गरेका छन् ।

स्वागत समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति सी चिनपिङले अहिलेको विश्व विभिन्न जटिल समस्याले घेरिएको उल्लेख गर्दै शक्तिशाली राष्ट्रहरूबिच सहकार्य आवश्यक रहेको बताए। उनले अमेरिका र चीन प्रतिस्पर्धा र टकरावको बाटोमा मात्र अघि बढ्नुपर्छ भन्ने धारणा गलत साबित गर्न सकिने उल्लेख गरे। “चीन र अमेरिकाले ठूला राष्ट्रहरूबिच पनि राम्रो सम्बन्ध सम्भव हुन्छ भन्ने प्रमाणित गर्न सक्छन्,” सीले भने। उनको अभिव्यक्तिलाई विश्व शक्ति प्रतिस्पर्धालाई नियन्त्रणभित्र राख्ने कूटनीतिक सन्देशका रूपमा व्याख्या गरिएको छ।

सीको सम्बोधनपछि अमेरिकी राष्ट्रपति ट्रम्पले पनि आफ्नो स्वागतप्रति खुलेर प्रशंसा व्यक्त गरे। 

समारोहकै क्रममा ट्रम्पले सी चिनफिङलाई “महान् नेता” भन्दै प्रशंसा गरेपछि वातावरण थप रोचक बनेको थियो। उनले आफू र सीबीच लामो सम्बन्ध रहेको उल्लेख गर्दै यो भेटलाई “विश्वकै सबैभन्दा ठूलो वार्ता” को संज्ञा दिए। “मलाई धेरै सम्मानित महसुस भइरहेको छ। तपाईँ महान् नेता हुनुहुन्छ, तर यस्तो भन्दा कतिपयले मलाई गाली गर्छन्,” ट्रम्पले हल्का व्यंग्यात्मक शैलीमा भने। उनको यो अभिव्यक्तिले दुई नेताबीच व्यक्तिगत तहमा सहज सम्बन्ध देखाउन खोजिएको सन्देश दिएको विश्लेषण गरिएको छ।

इरान युद्धका कारण केही समय रोकिएर भएको यो उच्चस्तरीय भेट अहिले विश्वभर चासोको विषय बनेको छ। 

0 Comments