२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँ महानगरमा विपद् पूर्वतयारीका लागि ७४ जोखिमयुक्त क्षेत्र पहिचान

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मनसुनजन्य विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन गरिएको जोखिम मूल्यांकन (हजार्ड म्यापिङ) मार्फत महानगरभित्रका ७४ स्थानलाई उच्च जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरेको छ ।

मनसुन अवधिमा सम्भावित विपद् न्यूनीकरण तथा पूर्वतयारीलाई सुदृढ बनाउने उद्देश्यसहित सुरक्षा निकाय र विभिन्न सरोकारवाला संस्थाको सहभागितामा क्षमता विकास तालिम तथा कृत्रिम अभ्यास (सिमुलेसन) कार्यक्रम सम्पन्न गरिएको महानगरले जनाएको छ ।

कार्यवाहक प्रमुख सुनिता डंगोलले शहरीकरणको तीव्र विस्तार र अत्यधिक ढलानका कारण ‘अर्बन फ्लड’ जस्ता जोखिम बढ्दै गएको उल्लेख गर्दै जनधनको क्षति न्यूनीकरणका लागि यस्ता अभ्यास आवश्यक रहेको बताइन् ।

महानगरले पहिचान गरेका जोखिमयुक्त ७४ स्थानमा समुदाय केन्द्रित सचेतना तथा पूर्वतयारी कार्यक्रम सञ्चालन गरिने योजना रहेको पनि उनले जानकारी दिइन् ।

उक्त अभ्यासमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, नेपाली सेना, नेपाल रेडक्रस सोसाइटी, नेपाल स्काउट तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

तालिमले विपद् परिस्थितिमा अग्रपंक्तिमा खटिने ‘फर्स्ट रेस्पोन्डर’ को क्षमता अभिवृद्धि गर्ने अपेक्षा गरिएको महानगरले जनाएको छ ।

कार्यवाहक प्रमुख डंगोलले विपद् व्यवस्थापनमा प्रविधि र नवप्रवर्तनको उपयोग महत्वपूर्ण हुने उल्लेख गर्दै पुल्चोक इन्जिनियरिङ क्याम्पस (आईओई) ले प्रस्तुत गरेको प्रविधिको प्रशंसा गरेकी छन् ।

उनले उद्धार तथा राहत कार्यमा सुरक्षा निकाय र स्थानीय समुदायबीच निरन्तर समन्वय आवश्यक रहेको भन्दै सम्भावित जोखिम न्यूनीकरणमा सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताइन् ।

सिमुलेसन अभ्यासमा विपद्को समयमा अपनाउनुपर्ने सावधानी तथा उद्धार प्रक्रियासम्बन्धी विभिन्न व्यावहारिक अभ्याससमेत गरिएको महानगरले जनाएको छ ।

0 Comments