२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शैक्षिक अनुसन्धानमा योगदान गर्ने गरी बजेट विनियोजन गर्न सुझाव

अ+ अ-

काठमाडौँ । शिक्षा क्षेत्रका जनकारहरूले विश्वविद्यालयहरूले शैक्षिक अनुसन्धानमा उल्लेख्य योगदान गर्न सक्ने गरी शिक्षामा बजेट विनियोजन गर्नुपर्नेमा जोड दिएका छन् । 

आजदेखि यहाँ सुरु भएको अर्थशास्त्रीहरूको दोस्रो अन्तरराष्ट्रिय सम्मेलनमा वक्ताहरूले गुणस्तरीय उच्च शिक्षाका लागि सरकारी लगानी बढ्नुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा नेपाल, भारत, बांङ्लादेशलगायत देशका अर्थशास्त्रीहरूको उपस्थिति थियो । 

सम्मेलनको उद्घाटन सत्रमा त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायका पूर्वडीन प्रा. डा. डिल्लीराज शर्माले निजी क्षेत्रसँग सहकार्य गरेर विश्वविद्यालयहरूले शैक्षिक अनुसन्धानलाई बढावा दिनुपर्ने बताए । 

भारतको बनारस हिन्दु विश्वविद्यालयको व्यवस्थापन स.कायका प्रमुख प्रा. डा. हरेन्द्रकुमार सिंहले शासकीय सफलताका लागि व्यवस्थापन नै सबैभन्दा महत्वपूर्ण औजार भएको बताए ।

मधेस विश्वविद्यालयका व्यवस्थापन संकायका डीन डा. अञ्जयकुमार मिश्रले प्रविधिको विकाससँगै अनुसन्धानको क्षेत्रमा देखिएको चुनौतीलाई नेपालका अर्थशास्त्रीहरूले चिर्न सक्नुपर्ने बताए। 

संघीय संसद्का महासचिव पदमप्रसाद पाण्डेले अर्थशास्त्रीहरू कुनै पनि मुलुकको सहयोगी शक्ति रहेको बताए । आयोजक मेगा कलेज कुमारीपाटीका प्राचार्य डा. घनश्यामप्रसाद साहले दोस्रो अन्तरराष्ट्रिय सम्मेलनमा प्रस्तुत कार्यपत्र, अनुसन्धानका निष्कर्ष र विमर्शले राष्ट्रिय नीति निर्माणमा मद्दत पुग्ने बताए ।

नेपाल कमर्स एशोसिएशनका अध्यक्ष डा. दीपेन्द्रकुमार चौधरीले नेपालका शैक्षिक अनुसन्धाताहरूले विश्वव्यापी अर्थतन्त्र र समसामयिक सन्दर्भबारे गरेका अध्ययनहरू विश्वस्तरी भएको उल्लेख गरे । 

शनिबारसम्म चल्ने सम्मेलनमा नेपालका सबैजसो विश्वविद्यालयका व्यवस्थापन संकायका प्राध्यापकहरू, अनुसन्धानकर्ताहरू तथा व्यापार, वाणिज्य, प्रविधि र कानुनका विद्यार्थीहरू सहभागी छन्  ।

0 Comments