२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘जबज नेपाली राजनीतिक यथार्थबाट विकसित वैचारिक मार्गदर्शन’ : विद्या भण्डारी

अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) नेपाली समाजको वास्तविकता र आवश्यकतामा आधारित मौलिक राजनीतिक अवधारणा भएको बताएकी छन्।

बल्खुस्थित मदननगरमा आइतबार आयोजित ३३औँ मदन-आश्रित स्मृति सभालाई सम्बोधन गर्दै उनले स्वर्गीय मदन भण्डारी र जीवराज आश्रित ले नेपाली कम्युनिष्ट आन्दोलनलाई संगठनात्मक रूपमा मात्र नभई वैचारिक स्पष्टता र जनमुखी राजनीतिक संस्कृतितर्फ उन्मुख गराएको उल्लेख गरिन्।

उनका अनुसार दुवै नेताले राजनीति जनजीवनसँग प्रत्यक्ष जोडिएको विषय भएको धारणा स्थापित गर्दै जनविश्वासलाई केन्द्रमा राखेर राजनीतिक अभ्यास अघि बढाउनुपर्ने मान्यता बलियो बनाएका थिए।

भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले मार्गदर्शक सिद्धान्तका रूपमा अंगीकार गरेको जनताको बहुदलीय जनवाद नेपाली सामाजिक संरचना र राजनीतिक परिवेश अनुकूल विकसित विचार भएको बताइन्। उनले यसलाई नेपालमा मार्क्सवादको सिर्जनात्मक प्रयोगका रूपमा आत्मसात गरिएको धारणा व्यक्त गरिन्।

उनले उक्त सिद्धान्तले लोकतन्त्र, राष्ट्रियता, सामाजिक न्याय र समृद्धिलाई केन्द्रमा राख्दै पार्टीलाई जनविश्वास प्राप्त राजनीतिक शक्तिका रूपमा स्थापित गर्न योगदान पुर्‍याएको पनि उल्लेख गरिन्।

0 Comments