२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कान्स फिल्म फेस्टिभलमा सहभागी हुन फ्रान्स जाँदै सुनिता डंगोल 

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल विश्व प्रसिद्ध कान्स फिल्म फेस्टिभलमा सहभागिताका लागि आज फ्रान्स प्रस्थान गर्ने भएकी छन्। उनी साँझतिर प्रस्थान गर्ने कार्यक्रम तय गरिएको छ।

काठमाडौँ महानगरपालिकाका अनुसार डंगोल एकल रूपमा उक्त अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी हुन जान लागेकी हुन्। उनी त्यहाँ चार दिनसम्म रहँदै महोत्सवको अनुभव लिने तथा आयोजक पक्षसँग भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ।

त्यस अवसरमा उनले कान्स फिल्म फेस्टिभलका प्रमुखलाई काठमाडौँ भ्रमणको निमन्त्रणा समेत प्रदान गर्ने कार्यक्रम रहेको बताइएको छ।

महानगरका अनुसार आगामी दिनमा आयोजना गर्न लागिएको काठमाडौँ फिल्म फेस्टिभलको पूर्वतयारी तथा अन्तर्राष्ट्रिय अनुभव आदान-प्रदानका उद्देश्यले यो भ्रमण तय गरिएको हो। महानगरले टोल-स्तरमै चलचित्र सम्बन्धी कार्यक्रम विस्तार गर्ने योजना समेत अघि बढाइरहेको छ।

यसअघि तत्कालीन काठमाडौँ महानगर प्रमुख बालेन शाह ले पनि उक्त फेस्टिभलमा सहभागिता जनाइसकेका थिए। युनेस्कोले काठमाडौँलाई चलचित्र सहर (फिल्म सिटी) का रूपमा मान्यता प्रदान गरिसकेको सन्दर्भ पनि उल्लेख गरिएको छ।

यस वर्षको कान्स फिल्म फेस्टिभल मे २१ सम्म फ्रान्समा सञ्चालन हुने कार्यक्रम रहेको छ।

0 Comments