२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खानीडाँडा-थामर्खक सडकमा कालोपत्र सुरु

अ+ अ-

खोटाङ । खानीडाँडा विमानस्थलदेखि-याम्खा-रातमाटा-पञ्चमीबाट दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय हुँदै थामर्खक जोड्ने सडक कालोपत्र (अस्फाल्ट पिच) सुरु गरिएको छ । संघीय सरकारको ५० प्रतिशत र कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको ५० प्रतिशत गरी बहुवर्षीय योजनाअन्तर्गत विनियोजन भएको ३० करोड रुपैयाँ बजेटमा सो सडक कालोपत्र सुरु गरिएको हो ।

ठेकेदार कम्पनी पवित्रा-गाउँले जेभी उदयपुर गाईघाटले १७ करोड ४४ लाख १० हजार रुपैयाँमा सम्झौता गरेर सडक निर्माणसहित कालोपत्र सुरु गरेको पूर्वाधार विकास कार्यालयका प्रमुख विनम दाहालले जानकारी दिए। सम्झौताअनुसार ठेकेदार कम्पनीले दुई वर्ष ११ महिनाभित्र काम सम्पन्न गरेर हस्तान्तरण गर्नुपर्नेछ । 

सम्झौताअनुसार आठ किलोमिटर सडक निर्माणसहित अस्फाल्ट पिच गरिने जनाइएको छ । उक्त सडक निर्माण सम्पन्नपछि जिल्लाको दक्षिणी भेगका स्थानीयसँग सिधा यातायात सम्पर्क स्थापित हुनुका साथै स्थानीय बासिन्दालाईसदरमुकाम दिक्तेल बजार आवतजावतमा सहज हुनेछ ।

कोशी प्रदेश सरकारका निर्वतमान भौतिक पूर्वाधार विकास एवं स्वास्थ्य मन्त्री भूपेन्द्र राईले सोमबार डाँडागाउँमा एक कार्यक्रमगरी सडकको औपचारिक रूपमा शिलान्यास गरे। उनले खोटाङमा विकास निर्माणमा ढिलासुस्ती स्वीकार्य नहुने बताए। 

साप्सुखोलापारिका साकेला, दिप्रुङ चुइचुम्मा, खोटेहाङ, जन्नेढुंगा र बराहपोखरी गाउँपालिकालाई दिक्तेल बजारसँग जोड्ने यो सडक अहिले कच्ची अवस्थामा छ । 

0 Comments