काठमाडौँ । गृह मन्त्रालयले दुई उपसचिवको सरुवा गरेको छ । मंगलबार गरिएको सरुवा अनुसार उपसचिव निशानराज गौतमलाई जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा पठाइएको छ ।
यस्तै जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा कार्यरत प्रमुख जिल्ला अधिकारी दिनेश प्रसाद थानीलाई गृह मन्त्रालयमा तानिएको छ ।







