२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लगातार तेस्रो वर्ष शून्य बेरुजु कायम गर्न सफल बन्यो महाभारत गाउँपालिका

अ+ अ-

काठमाडौँ । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य बेरुजु पालिका बन्न सफल भएको छ । आर्थिक वर्ष २०८१-८२ को लेखापरीक्षण प्रतिवेदनअनुसार महाभारत गाउँपालिकामा एक अर्ब १३ करोड ७१ लाख ९० हजार रुपैयाँको लेखापरीक्षण गरिएको थियो ।

यसअघिको दुई आवमा पनि निरन्तर शून्य बेरुजु कायम राख्न सफल भएकामा पालिकाले यो तेस्रो पटक शून्य बेरुजु बनाउन सफल भएको हो । महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले संघीय, प्रदेश र स्थानीय सरकारले बनाएको ऐन, कानुन र गाउँसभाले पारित गरेको बजेटलाई कार्यान्वयन गर्दै आउने क्रममा पालिकालाई शून्य बेरुजु बनाउन सफल भएको बताए ।

बजेटको उचित कार्यान्वयनसँगै चन्दा, सहयोग नगरेको र सञ्चालन खर्चलाई घटाएर पुँजीगत खर्चलाई बढाउने कुरामा ध्यान दिएर जनप्रतिनिधि एवं कर्मचारीले सामूहिक रूपमा गरेको प्रतिबद्धताअनुसार नियम र कानुनको परिधिमा रहेर काम गरेका कारण निरन्तर रूपमा शून्य बेरुजु पालिका बनाउन सफल भएको उनको भनाइ छ । गाउँपालिकाले लगातार तेस्रो पटक ‘शून्य बेरुजु’ कायम गर्न सफल भई देशभरका स्थानीय तहका लागि उदाहरणीय सन्देश दिन सफल भएको छ ।

सार्वजनिक प्रतिवेदनअनुसार काभ्रेपलाञ्चोकको १३ वटा स्थानीय तहमध्ये नगरपालिकातर्फ मण्डनदेउपुर सबैभन्दा कम ०.०५ प्रतिशत अर्थात् कुल लेखापरीक्षण रकमको १० लाख ४९ हजार रुपैयाँ बेरुजु रहेको छ । त्यस्तै गाउँपालिकातर्फ चौँरीदेउराली ०.१८ प्रतिशत रहेको छ ।

जिल्लाका पनौती नगरपालिका ३.०४ प्रतिशत, नमोबुद्ध १.३८, धुलिखेल ०.६८, बनेपा ०.७१, पाँचखाल ०.१, बेथानचोक गाउँपालिका ०.५५, तेमाल ०.५, खानीखोला ०.५८, रोशी ०.६२ र भुम्लु गाउँपालिका ०.६८ प्रतिशत बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ ।

0 Comments