२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘समृद्ध, सुशासित र आत्मनिर्भर नेपाल निर्माण सबै राजनीतिक शक्तिको साझा लक्ष्य हो’ : अर्थमन्त्री डा.वाग्ले

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार बहुलवादी लोकतान्त्रिक मूल्यप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै फरक राजनीतिक दृष्टिकोणलाई सम्मान गर्ने बताएका छन् ।

प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले समृद्ध, सुशासित र आत्मनिर्भर नेपाल निर्माण सबै राजनीतिक शक्तिको साझा लक्ष्य भएको बताए ।

उनका अनुसार आर्थिक वृद्धि, रोजगारी विस्तार, प्रतिव्यक्ति आय वृद्धि, सामाजिक न्याय र अन्तर्राष्ट्रिय प्रतिष्ठा अभिवृद्धिजस्ता विषयमा व्यापक सहमति भए पनि ती उद्देश्य हासिल गर्ने कार्यदिशामा भने मतभेद स्वाभाविक रहेको छ ।

अर्थमन्त्री वाग्लेले पछिल्ला तीन दशकको शासकीय अभ्यास, नीतिगत संरचना र राजनीतिक संस्कारप्रति जनस्तरमा असन्तुष्टि बढेकै कारण राजनीतिक तथा सामाजिक रूपान्तरणको माग तीव्र बनेको उल्लेख गरे । उनले विगतको कुशासनले राज्य व्यवस्था, अर्थतन्त्र र नागरिक जीवनमा ठुलो प्रभाव पारेको टिप्पणी गर्दै सरकार सुधारमुखी एजेन्डासहित अघि बढेको बताए ।

उनले सुशासन, संस्थागत सुधार र प्रशासनिक थिति बसाल्ने लक्ष्यका साथ सरकार अघि बढिरहेको दाबी गरे । निर्वाचनअघि सार्वजनिक गरिएको ‘रूपान्तरणका सय आधार’ नामक प्रतिबद्धता पत्र, त्यसपछि ल्याइएको शासकीय सुधार मार्गचित्र तथा वर्तमान नीति तथा कार्यक्रम सोही दृष्टिकोणअनुसार तयार गरिएको उनको भनाइ थियो ।

विपक्षी दलतर्फ संकेत गर्दै अर्थमन्त्री वाग्लेले फरक नीति र दृष्टिकोणलाई जनताबाट अनुमोदन गराउन आगामी निर्वाचनसम्म प्रतीक्षा गर्नुपर्ने टिप्पणी गरे ।

संविधानप्रतिको प्रतिबद्धतामाथि उठाइएका प्रश्नको जवाफ दिँदै उनले आवश्यक संशोधन भए पनि संवैधानिक व्यवस्थाअनुसार नै प्रक्रिया अघि बढाइने स्पष्ट पारे । संविधान संशोधनका लागि संविधानमै उल्लिखित धाराहरूको व्यवस्था अनुरूप अगाडि बढ्ने सरकारको धारणा रहेको उनले बताए ।

0 Comments