काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालका १५ जना इन्स्पेक्टरलाई नायब उपरीक्षक (डिएसपी) पदमा बढुवा गर्न सिफारिस गरिएको छ ।
बुधबार बसेको बढुवा सिफारिस समितिको बैठकले सम्बन्धित अधिकृतहरूको नामावली सार्वजनिक गर्दै पदोन्नति प्रक्रिया अघि बढाएको हो ।
सार्वजनिक गरिएको सूचीअनुसार विदुर ढकाल पहिलो वरीयतामा रहेका छन् भने धोज विक्रम शाही दोस्रो नम्बरमा परेका छन् ।
समितिले जारी गरेको सूचनाअनुसार बढुवा सिफारिसप्रति असहमति भए सम्बन्धित उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र उजुरी दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ ।









