२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दाइजो मागसम्बन्धी आरोपबीच नवविवाहिताको मृत्यु, परिवारद्वारा निष्पक्ष छानबिनको माग

अ+ अ-

सर्लाही/महोत्तरी । महोत्तरीमा एक नवविवाहिताको मृत्यु भएपछि परिवारले दाइजोसम्बन्धी विवादका कारण हत्या भएको आरोप लगाउँदै निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेको छ । घटनामा प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गरेको जनाएको छ ।

मृतक सर्लाहीको हरिपुर्वा नगरपालिका-७ निवासी २२ वर्षीया रन्जिता मण्डल हुन् । परिवारका अनुसार उनको विवाह २०८२ फागुन १४ गते महोत्तरीको सम्सी गाउँपालिका-२ पर्सा निवासी रमेश मण्डलसँग सामाजिक परम्परा अनुसार भएको थियो । विवाहपछिदेखि नै केटापक्षबाट दाइजोसम्बन्धी माग तथा मानसिक दबाब हुने गरेको आरोप परिवारको छ ।

मृतकका भाइ निरजकुमार मण्डलका अनुसार विवाहपछि विभिन्न सामान माग्ने क्रम जारी रहेको थियो । उनले रन्जिताकी सासु सरस्वती देवीबाट दाइजोसम्बन्धी दबाब दिइएको दाबी गरेका छन् ।

निरजका अनुसार जेठ ५ गते राति करिब १०:१२ बजे परिवारले रन्जितासँग फोन सम्पर्क गर्ने प्रयास गर्दा उनकी सासुले “रन्जिता भाँडा माझ्दै छ” भन्दै कुरा गर्न नदिएको बताएका छन् । त्यसको भोलिपल्ट बिहान रन्जिताकी सासुले फोन गरेर उनी बिरामी रहेको र अस्पतालमा उपचार भइरहेको जानकारी गराएको परिवारको भनाइ छ ।

परिवारका सदस्य बिहान करिब ५ बजे महोत्तरीको रामगोपालपुरस्थित जानकी एकेडेमिक हस्पिटल पुगेको र त्यहाँ पुग्दा रन्जितालाई चिकित्सकले मृत घोषणा गरिसकेको अवस्थामा भेटिएको निरजले बताएका छन् । उनका अनुसार त्यसपछि शव प्रादेशिक अस्पताल जलेश्वर लगिएको थियो ।

परिवारले घटनालाई प्राकृतिक मृत्यु नभई योजनाबद्ध हत्या भएको दाबी गर्दै रमेश मण्डलसहित घटनामा संलग्न देखिने सबैलाई पक्राउ गरी कानुनबमोजिम कारबाही गर्न माग गरेको छ । पोस्टमार्टम र अनुसन्धान प्रक्रिया निष्पक्ष ढंगले अघि बढ्नुपर्ने उनीहरूको माग छ ।

घटनापछि प्रहरीले श्रीमान् रमेश मण्डललाई नियन्त्रणमा लिएको भए पनि अन्य सदस्यमाथि तत्काल कारबाही नभएको भन्दै परिवारले अनुसन्धान प्रक्रियाबारे प्रश्न उठाएको छ ।

अस्पतालको इमर्जेन्सी टिकटमा रन्जितालाई अस्पताल ल्याउँदा नै मृत्यु भइसकेको अवस्था रहेको उल्लेख गरिएको परिवारले जनाएको छ । विवरणअनुसार रक्तचाप र नाडीको चाल नदेखिएको तथा ईसीजी परीक्षणमा मुटुको गतिविधि नदेखिएको उल्लेख छ ।

घटनाबारे प्रतिक्रिया दिँदै महोत्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी शैलेन्द्रकुमार भट्टले प्रारम्भिक अनुसन्धान जारी रहेको बताए । उनले मृतकका श्रीमान् रमेश मण्डललाई नियन्त्रणमा लिइएको जानकारी दिँदै अनुसन्धानका क्रममा संलग्नता देखिएका व्यक्तिलाई कानुनअनुसार कारबाही गरिने बताए ।

डीएसपी भट्टका अनुसार पीडित पक्षबाट जाहेरी प्राप्त भइसकेको छ । जिल्ला प्रहरी प्रमुख कार्यालयबाहिर रहेकाले औपचारिक दर्ता प्रक्रिया र थप अनुसन्धान आज अघि बढाइने तयारी रहेको उनले बताए । घटनास्थलबाट संकलित प्रमाण, शवमा देखिएका अवस्था तथा पोस्टमार्टम प्रतिवेदनका आधारमा थप अनुसन्धान गरिने प्रहरीको भनाइ छ ।

मधेस क्षेत्रमा दाइजोसम्बन्धी विवादका घटनाहरू बेला-बेलामा सार्वजनिक हुँदै आएका छन् । कानुनले दाइजो प्रथा निषेध गरे पनि व्यवहारमा यसको प्रभाव कायम रहेको भन्दै महिला अधिकारसम्बन्धी विषय पुनः चर्चामा आएको छ ।

0 Comments