२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तातो कफीबाट घाइते नेपाली यात्रुलाई २ करोड ६१ लाखभन्दा बढी क्षतिपूर्ति उपलब्ध गराउन आदेश

अ+ अ-

काठमाडौँ। अन्तर्राष्ट्रिय उडानका क्रममा विमानभित्र दिइएको तातो कफीका कारण गम्भीर रूपमा घाइते भएकी नेपाली यात्रुको पक्षमा उपभोक्ता अदालतले फैसला सुनाउँदै कतार एयरवेजलाई २ करोड ६१ लाख रुपैयाँभन्दा बढी क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको छ।

उपभोक्ता अदालतका अध्यक्ष दिवाकर भट्ट तथा सदस्य गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेल सम्मिलित इजलासले ललितपुर निवासी प्रीति थापाको निवेदनमाथि सुनुवाइ गर्दै यस्तो निर्णय गरेको अदालतका सूचना अधिकारी होमनाथ कँडेलले जानकार दिए ।

अदालतले पीडितले भोगेको शारीरिक पीडा, मानसिक असर तथा उपचार प्रक्रियालाई आधार मान्दै अन्तर्राष्ट्रिय कानुनी व्यवस्था र प्रचलित राष्ट्रिय कानुन दुवैको सन्दर्भमा क्षतिपूर्ति निर्धारण गरेको जनाएको छ।

घटनाअनुसार सन् २०२३ जुलाई १० मा कतार एयरवेजमार्फत अमेरिकाको बोस्टनबाट काठमाडौँ फर्किने क्रममा विमानका कर्मचारीले उपलब्ध गराएको अत्यधिक तातो कफी प्रीति थापामाथि पोखिएको थियो। उक्त कफी पेट, तिघ्रा तथा संवेदनशील अंगमा परेपछि उनी गम्भीर रूपमा जलेकी थिइन्।

0 Comments