२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सोलेडाँडामा ‘जडीबुटी पार्क’ निर्माण

अ+ अ-

ढोरपाटन (बागलुङ) । बागलुङको तमानखोला गाउँपालिकाले पर्यटकीय क्षेत्र सोलेडाँडामा जडीबुटी पार्क निर्माण गरेको छ । गाउँपालिकाले सोलेडाँडाको करिब सात रोपनी क्षेत्रफलमा जडीबुटीको बिरुवा लगाएको हो ।

प्राकृतिक सुन्दरताले भरिएको सोलेडाँडामा गाउँपालिकाले पर्यटकीय पूर्वधारसँगै जडीबुटीको अनुसन्धान र पर्यटक आकर्षण गर्नका लागि पार्क निर्माण गरिएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले बताए । 

समुन्द्री सतहदेखि करिब दुई हजार ६३० मिटरको उचाइमा रहेको सोलेडाँडामा जडीबुटी राम्रो उत्पादन हुने उनको भनाइ छ ।

गाउँपालिकाले अघिल्लो वर्षदेखि पार्कमा विभिन्न प्रजातिका जडीबुटीको बिरुवा लगाएको अध्यक्ष बुढामगरले बताए । सोलेडाँडा छेउको जंगलमा तारबार लगाएर पार्क निर्माण गरी चिराइलो, अर्सोगन्धलगायत विभिन्न प्रजातिका जडीबुटी यहाँ लगाइएको उनको भनाइ छ ।

“सोलेडाँडा आफैँमा पर्यटकीय क्षेत्र हो, यहाँ पछिल्लो समय उल्लेख्य पर्यटकको आगमन हुन थालेको छ, हामीहरूले नयाँ सोचका साथ जडीबुटी पार्कसमेत बनाएका छौँ”, अध्यक्ष बुढामगरले भने, “अब सोलेडाँडा घुमफिर गर्ने र रमाउने ठाउँ मात्रै होइन, अनुसन्धान गर्ने क्षेत्रका रूपमा पनि विकास गर्ने उद्देश्यले जडीबुटी पार्क बनाएका हौँ, यहाँ अझै धेरै जडीबुटीका बिरुवा लगाउने योजनामा छौँ ।”

गाउँपालिकाले जडीबुटी पार्कका लागि हालसम्म करिब रु सात लाखभन्दा बढी रकम खर्च गरिसकेको छ । पछिल्लो समय सोलेडाँडामा दैनिक सयौँ पर्यटक आउने गरेको स्थानीय तमबहादुर सिर्पालीले बताए।

 गाउँपालिकाले पर्यटन पूर्वधारसहित सहिद पार्कलगायत पूर्वाधार निर्माणसँगै जडीबुटी पार्क बनाएपछि टाढा टाढाबाट अध्ययन अवलोकन गर्न आउनेको सङ्ख्यासमेत बढ्न थालेको उनको भनाइ छ ।

0 Comments