२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

व्यवसायी राणाले दिए गाउँपालिकालाई एक बिघा १० कट्ठा जमिन

अ+ अ-

कैलाली । जानकी गाउँपालिकाले स्थापना भएको एक दशकपछि प्रशासनिक भवन निर्माणको काम थालेको छ ।

गाउँपालिकाभित्र सार्वजनिक जग्गा नहुँदा जग्गा प्राप्तिमा समय लागेपछि गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि एक दशक कुर्नु परेको हो । एक बिघा १०कट्ठा जमिन इट्टा व्यवसायी तेज प्रताप राणाले गाउँपालिकालाई दान गरेपछि प्रशासनिक भवनको काम सुरु भएको गाउँपालिकाका इन्जिनियर योगेन्द्र शाहीले जानकारी दिएका छन् ।

रु. बाह्र करोड आठ लाख २७ हजार ९३८ को लागतमा अढाई तलाको प्रशासनिक भवनको काम त्रिवेणी, लाफा, शुभ लक्ष्मी जेभीले गरिरहेको इन्जिनियर शाहीको भनाइ छ । उनका अनुसार २०८२ असार २२ गते भवन निर्माणका लागि भएको सम्झौताअनुसार २०८४ असार २० गते सम्पन्न गरिसक्नुपर्नेछ । “जग्गा नभएका कारण भवन निर्माणमा ढिलाइ भएको हो,” इन्जिनियर शाही भन्छन्, “अर्को वर्षबाट गाउँपालिकाले आफ्नै भवनबाट सेवा दिन्छ ।”

निर्माण कम्पनीका इन्जिनियर मनिषकुमार शाहले हालसम्म २५ प्रतिशतमाथि काम भएको बताएका छन् । उनले भवन निर्माण स्थलमा डुबानको समस्या हुने हुँदा बर्सातको समयमा काम गर्न कठिन हुने गरेको बताए । “जगको काम सम्पन्न भएको छ । यो असारसम्म पहिलो तलाको काम सम्पन्न गर्ने लक्ष्य छ,” उनी भन्छन्, “काम गर्दै जाँदा समस्या नआए समयमै भवन सम्पन्न गरेर गाउँपालिकालाई हस्तान्तरण गर्छौँ ।”

गाउँपालिकाले वडा नं १ को प्रशासनिक भवनबाट हाल सेवा प्रवाह गर्दै आएको छ । केही शाखा अहिले पनि भाडाको घरमा सञ्चालनमा छन् । वडा नं १ को सेवा प्रवाह साबिकको गुर्दौली गाविसको भवनबाट भइरहेको छ । गाउँपालिकामा सार्वजनिक जग्गाको समस्याका कारण वडा नं ५ र वडा नं ६ को प्रशासनिक भवन पनि निर्माण हुन सकेको छैन । दुवै वडा कार्यालय भाडाको घरबाट सेवा प्रवाह गर्दै आएका छन् ।

0 Comments