काठमाडौँ । धादिङको थाक्रे गाउँपालिका-२ सिम्ले बजारस्थित पृथ्वी राजमार्गमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
आज बिहान करिब ७:२० बजे भैरहवाबाट काठमाडौँतर्फ आउँदै गरेको ना ३ ख ४९५५ नम्बरको डिब्बा ट्रकले विपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश ०२-०३१ प ०५७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक गोरखा नगरपालिका-७ निवासी २५ वर्षीय आदर्श श्रेष्ठलाई उपचारका लागि काठमाडौँस्थित ट्रमा सेन्टर पठाइएको थियो। तर, उनको अवस्था गम्भीर भएपछि कलंकीस्थित नेपाल नेशनल अस्पतालमा थप उपचारका क्रममा बिहान ८:२३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा उनको टाउकोमा गम्भीर चोट लागेको थियो।
ट्रक चालक धादिङको गजुरी गाउँपालिका–६ बन्छेटार निवासी ५५ वर्षीय पशुराम मगरलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धादिङले जाएको छ ।







