२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न परराष्ट्र मन्त्री खनालको जोड

अ+ अ-

काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीतिलाई बदलिँदो विश्व परिवेशअनुसार परिमार्जन गर्दै आर्थिक कूटनीतिलाई प्राथमिक केन्द्रमा राख्नुपर्ने बताएका छन्।

परराष्ट्र सेवा दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले परराष्ट्र मन्त्रालय तथा विदेशस्थित नेपाली नियोगहरूलाई परिणाममुखी र कार्यसम्पादनमा आधारित संरचनाका रूपमा विकास गर्न आवश्यक रहेको उल्लेख गरे।

मन्त्री खनालले सीमित स्रोत–साधनका बाबजुद नेपालको सार्वभौमसत्ता, राष्ट्रिय हित तथा अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलनमा पूर्वप्रशासक र कूटनीतिज्ञहरूले खेलेको भूमिका प्रशंसनीय रहेको बताए।

उनले परराष्ट्र नीति देशको आन्तरिक आवश्यकता र प्राथमिकतासँग जोडिनुपर्ने धारणा राख्दै विश्व भू–राजनीतिमा तीव्र रूपमा भइरहेको परिवर्तन, जलवायु संकट तथा प्रविधिको तीव्र विकासले नयाँ चुनौती सिर्जना गरिरहेको बताए। यस्ता परिस्थितिको सामना गर्न रणनीतिक सोच र कूटनीतिक दक्षता आवश्यक रहेको उनको भनाइ थियो।

नेपालले अन्तर्राष्ट्रिय परिवेशमा आउने परिवर्तनप्रति प्रतिक्रिया मात्र जनाउने होइन, त्यसको पूर्वआकलन गरी राष्ट्रिय हित अनुकूल उपयोग गर्नुपर्नेमा पनि उनले जोड दिए।

मन्त्री खनालका अनुसार अबको कूटनीतिक प्राथमिकता वैदेशिक प्रत्यक्ष लगानी आकर्षित गर्ने, पर्यटन प्रवर्द्धन गर्ने, प्रविधि हस्तान्तरण विस्तार गर्ने तथा अन्तर्राष्ट्रिय बजार पहुँच वृद्धि गर्ने दिशामा केन्द्रित हुनुपर्छ। उनले परम्परागत कूटनीतिक अभ्यासभन्दा बाहिर निस्केर सक्रिय अन्तर्राष्ट्रिय साझेदारी निर्माणको आवश्यकता औँल्याए।

उनले विदेशस्थित नेपाली नियोगहरूलाई प्रशासनिक कार्यसम्पादनमा सीमित नराखी लगानी, प्रविधि तथा आर्थिक सहकार्य प्रवर्द्धन गर्ने केन्द्रका रूपमा विकास गरिने बताए। साथै, नियोगमा पदस्थापनलाई अधिकारको विषयभन्दा पनि कार्यसम्पादनमा आधारित जिम्मेवारीका रूपमा मुल्यांकन गरिने उल्लेख गरे।

परराष्ट्र मन्त्रालयलाई राष्ट्रिय सुरक्षा र आर्थिक समृद्धिको अग्रपंक्तिको संस्थाका रूपमा रूपान्तरण गर्ने लक्ष्य रहेको उल्लेख गर्दै मन्त्री खनालले सेवा प्रवाहलाई थप प्रविधिमैत्री, प्रभावकारी र सहज बनाइने बताए।

0 Comments