२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्व थाइराइड दिवस: पुरुषका तुलनामा महिलालाई थाइराइडको उच्च जोखिम

अ+ अ-

चितवन । ‘हमर्न’ कारण पुरुषका तुलनामा महिलालाई थाइराइडको जोखिम उच्च हुने इन्डोक्राइमोलोजिष्ट (हर्मोन विशेषज्ञ) विशेषज्ञहरूले बताएका छन् । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालका इन्डोक्राइमोलोजिष्ट डा. सौरव खतिवडाले १५ देखि २० प्रतिशत महिलालाई ‘हाइपर थाइरोडिजम’को सम्भावना हुने जानकारी दिए । उनले भने, “पुरुषमा त्यसको आधा जतिलाई मात्रै हुन्छ । अर्थात् पुरुषमा पाँचदेखि आठ प्रतिशत हाराहारीलाई मात्रै हाइपर थाइरोडिजम (उच्च थाइराइड) को समस्या हुन्छ ।”

उनले घाँटीको अगाडि तलपट्टि हुने सानो ग्रन्थीलाई थाइराइड भनिने बताउँदै यसमा दुई वटा भाग हुने जानकारी दिए । उनले भने, “यसले शरीरलाई आवश्यक पर्ने महत्त्वपूर्ण हर्मोन उत्पादन गर्दछ । यो हर्मोन हाम्रो दैनिक जीवनमा धेरै महत्त्वपूर्ण छ ।” थाइराइड हर्मोनले बच्चाको दिमागको वृद्धि विकासदेखि वयस्क मानिसमा काम गर्ने जाँगर, स्फूर्ति, मुटुको कामका लागि, खाना पचाउने, शरीरको मोटोपनलाई सन्तुलनमा राख्ने काम गर्ने डा. खतिवडाको भनाइ छ ।

थाइराइड हर्मोन कमी भएमा केही लक्षणहरू देखिने भन्दै उनले हर्मोन बढी हुँदा केही किसिमका लक्षणहरू देखिने बताए । उनले भने, “थाइराइड ग्रन्थी कहिलेकाहीँ आफैँ दुख्ने समस्या पनि आउँछ । थाइराइडमा कहिलेकाहीँ ट्युमर पनि पलाउँछ । ट्युमरहरूमा सबैभन्दा सजिलै उपचार गर्न सकिने भनेको थाइराइडको ट्युमर हो ।”

थाइराइड बढ्यो भने आत्तिने, हात काँप्ने, मुटु ढुकढुक हुने, गर्मी धेरै महसुस हुने देखिने बताउँदै डा. खतिवडाले भने, “यसलाई दुब्लाउने थाइराइड भनेर चिनिन्छ । यसमा टी थ्री, टी फोर भन्ने हर्मोन बढेको हुन्छ भने टिएसएच घटेको हुन्छ ।” उनले यस्ता बिरामीलाई थाइराइड हर्मोन घटाउने औषधि दिनुपर्ने बताए ।

घाँटी दुख्दैमा थाइराइड नहुने भन्दै उनले कहिलेकाहीँ थाइराइड क्यान्सरमा परिणत हुन सक्ने बताए । उनले भने, “घाँटीमा गाँठागुँठी जस्ता लाग्यो भने त्यसको अल्ट्रासाउन्ड गरेर क्यान्सर हो होइन, पत्ता लगाउनु पर्छ । कहिलेकाहीँ ट्युमरको परीक्षण गरेर पनि क्यान्सर पत्ता लगाउनुपर्छ ।” यदि क्यान्सर पहिचान भयो भने शल्यक्रिया र रेडियोथेरापी गरेर निको पार्न सकिने उनको भनाइ छ ।

पुष्पाञ्जली अस्पतालका फिजिसियन डा. भोजराज अधिकारी महिलाहरूमा धेरै थाइराइडको समस्या हुने बताउँछन् । साधारणतया मानिसहरूलाई थाइराइड हर्मोन घट्ने र बढ्ने समस्या हुने जनाउँदै उनले भने, “जब शरीरमा थाइराइड हर्मोन कम हुन्छ (घट्छ), तब टिएसएच परीक्षण गर्दा बढेर आउँछ । यसलाई हामीले घट्ने थाइराइड भन्छौँ । अथवा टी थ्री, टी फोर घटेको हुन्छ, अर्थात् नर्मलभन्दा तल हुन्छ । यस्तो थाइराइडलाई सुस्त हुने अथवा मोटाउने थाइराइड भनेर पनि चिनिन्छ ।” यसले केहीलाई थकाइ लाग्ने कसैकसैलाई खुट्टा सुन्निने, अनुहार फुस्रो हुने, कपाल झर्ने समस्या पनि आउन सक्ने उनले बताए। उनले भने, “थाइराइडको समस्या छ भने दैनिक बिहान एक घुट्की पानीसँग एउटा चक्की औषधि खाएमा राम्ररी नियन्त्रणमा आउँछ ।”

महिलाहरूमा प्रसूतिदेखि लिएर २५ देखि ५० वर्षको उमेरमा बढी थाइराइड देखिने उनको भनाइ छ । उनका अनुसार महिनावारी बन्द हुनेभन्दा अगाडिको समयमा थाइराइड हर्मनको धेरैजसोमा कमी देखिने गर्दछ ।

इन्डोक्राइमोलोजिष्ट (मधुमेह, थाइराइड र हर्मन रोग विशेषज्ञ) डा. उमनाथ अधिकारी महिलाहरूमा थाइराइड बढी देखिने भन्नुको कारण अटो इम्युनिटी बढी हुने बताउँछन् । उनले पुरुषको तुलनामा अटो इम्युनिटी बढी हुने भएकाले महिलाहरूमा थाइराइड बढी देखिने बताए ।

महिलाहरूमा अटो इम्युनिटीले बाथरोगहरु धेरै देखिने भन्दै उनले पुरुषमा कम देखिने बताए । उनले भने, “थाइराइड बढेपछि महिनावारी गडबढ हुन्छ । महिलाहरूमा अटो इम्युनिटीका कारण हर्मोनले थाइराइडको मात्रा बढी हुन्छ ।” महिलाहरूमा शरीर, दुख्ने, शरीर गल्ने र मोटाउने जस्ता लक्ष्यण थाइराइडले देखाउने उनको भनाइ छ ।

0 Comments